चैत ७, काठमाडौ ।
नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन तीन साता बाँकी रहँदा प्रहरी महानिरीक्षक (आईजीपी) का लागि तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु प्रतिस्पर्धामा रहेका छन ।
आगामी २८ चैतमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन गइरहेका बेला डीआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कार कार्की आईजीपीका प्रमुख दाबेदारका रुपमा छन्।
वरीयतामा अहिले खनाल अगाडि छन्। खनालपछि खरेल र कार्की छन्। यी तीने जना २९ माघ ४६ मा प्रहरी निरीक्षक बनेका थिए।
खनाल र कार्की प्रहरी निरीक्षकबाट सेवामा प्रवेस गरेका भए पनि खरेल भने प्रहरी सहायक निरीक्षक (असई) बाट सेवामा प्रवेश गरेका हुन्। १ फागुन २०४५ मा असईमा सेवा प्रवेश गरेका खरेल खनाल र कार्कीसँगै इन्सपेक्टर बन्न सफल भएका थिए।
खनाल, खरेल र कार्कीसँगै प्रहरी निरीक्षक बनेका उत्तम कार्की पनि आईजीपी बन्न लबिङ गरिरहेका छन्। डीआईजीको वरीयतामा उत्तम कार्की चौथो नम्वरमा छन ।