P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

विपी कोईकारला स्वास्थ्य प्रतिष्ठानको परिसरमा ब्यूटी पार्लरदेखि किट्जीसम्म

धरान । एउटा शैक्षिक संस्थाको हातभित्र ब्यूटी पार्लर, डान्स बार जस्ता गैर शैक्षिककार्य गर्न ठाउँ दिईन्छ भने त्यसलाई कसरी बुझ्ने ? तर, धरानमा रहेको विपिकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा प्रतिष्ठानकै पूर्व पदाधिकारीहरुको मनोमानीकाकारण यस्ता गैर शैक्षिकगतिविधिहरु खुलेहामचलिरहेका छन् ।

प्रतिष्ठानको अतिथिगृहको ठीक पछाडि एउटा ब्यूटी पार्लर चलिरहेको छ । मासिक ५ हजार भाडा लिनेगरी यस भन्दा अघिका उपकूलपतिबलभद्रप्रसाददासले ब्यूटी पार्लर राख्नअनुमतिदिएकाथिए । प्रतिष्ठानमा ब्यूटीपार्लरको आवश्यकतापनि केही नरहेको र शैक्षिक संस्थाभित्र यस्तो गतिविधि सुहाउने कुरा पनिहोईन ।

त्यस्तै, ब्यूटी पार्लरसँगै जोडिएको झण्डै १० कठ्ठा जतिको जमिनमा एउटा किट्जीछ ।बच्चाहरुको लागिप्लेग्रुप सञ्चालनगर्नको लागिभनेर पूर्वउपकूलपतिदासले नै आफ्नाभतिजा राकेश दासलाई अगाडि देखाएर आफैंले किट्जी सञ्चालन गरेकाथिए । जबकीप्लेग्रुप सहितको अध्ययन गराईने दिल्लीपब्लिक स्कूलत्यही किट्जीको ५० मिटर अगाडि प्रतिष्ठानको स्वीकृतिमा धेरै पहिलेदेखि नै चलिरहेको छ । दासले नै त्यहिहाताभित्रआफ्नो कार्यालयमा एउटा डान्स बार समेत खोल्ने योजनाबनाएको प्रतिष्ठानका एक अधिकारीले बताए । तर, धेरै विरोध भएपछि त्यो त्यसै रोकिएको थियो ।

यसरी पूर्वउपकूलपतिदासले आफ्नो पद र शक्तिको दुरुपयोग गर्दै प्रतिष्ठानको हाताभित्र यस्ता संरचना खडा गर्न अनुमतिदिएको भेटिएको छ । अहिले प्रा. डा. राजकुमार रौनियार प्रतिष्ठानका उपकूलपतिबनेर आएपछि किट्जीलाई तत्कालकालागि सञ्चालननगर्नु भनेर निर्देशनदिईसकेका छन् । यस विषयमाअहिले अख्तियारमामुद्दा पनिविचाराधिन रहेको छ ।

मातृशिशु अस्पतालको भवननिर्माणमा नै चलखेल

उता, तालुकनिकायसँगको स्वीकृतिविना नै ७६ करोडको मातृ शिशु अस्पतालको भवननिर्माण गर्ने निर्णय सिनेटबाट गराईदिँदाअहिले विपी प्रतिष्ठान गम्भीर आर्थिक संकटमा पर्ने स्थिती देखिएकोछ । पूर्व उपकूलपतिदासले आफ्नो कार्यकाल सकिनेबेलामासिनेटबाट ४०० शैयाको क्षमताभएको मातृशिशु अस्पतालको भवनबनाउन टेण्डर लगायतका सबै प्रक्रियाहरु अगाडि बढाईदिए । जबकि अर्थ मन्त्रालय र स्वास्थ्यमन्त्रालयसँग स्वीकृतिनलिई यस्ता संरचनाहरु बनाउँदामन्त्रालयले बजेट निकाशागर्दैन । तर, प्रतिष्ठानमा दैनिक सामान खरीदको विलआउने गरेको छ । स्वायत्त संस्थाको सीमित स्रोत साधनकाकारण आफू त्यति धेरै खर्च गर्न नसक्ने र मन्त्रालयले पनि स्वीकृति नै नलिई बनेको भवनलाई पैसा निकासानगरिदिँदाअहिलेको समस्यासिर्जनाभएको हो ।

प्रतिष्ठानका उपकूलपति रौनियारले अहिले आफूहरुसँग त्यति धेरै पैसा तिर्ने क्षमतानभएको भएपनिमन्त्रालयमा स्वीकृतिको लागिपहलगरिरहेको बताए । तर, स्वीकृति नै नलिई काम सुरु गरिसकिएकोले मन्त्रालयबाट स्वीकृत गराउनपनि समस्यासिर्जनाभएको रौनियारले बताए ।

अहिले मासिक झण्डै १० करोड रुपैयाँतलबमामात्रै खर्च हुने गरेको प्रतिष्ठानको मुख्यआम्दानीको स्रोत भनेको अस्पतालबाट प्राप्तशुल्क र अध्ययनगर्ने विद्यार्थीहरुले तिर्ने मासिकशुल्कमात्रै हो । अहिले प्रतिष्ठानको दैनिक १५ लाखसम्मआम्दानीहुने गरेको छ । तलबबाहेक पनिअन्यप्रशासनिकखर्च लगातअन्यउपकरणहरु खरीदमा नै खर्च हुने गरेको छ । यस्तो अवस्थामा ४ सय शैया क्षमताको अस्पतालको भवनआफैं बनाउन सक्ने अवस्था नरहेको प्रतिष्ठानले जनाएको छ ।

यस बाहेकपनि प्रतिष्ठानका पूर्व उपकूलपतिदासले १४ करोडको एमआरआईको पुरानो मेसिनकिन्नखोजेको, मोडुलर ओटी लगायतका सामग्रीहरु मापदण्ड विपरित खरीदगरिएकालगायतका धेरै विवादहरु कायमै रहेका छन् । मापदण्ड विपरित रहेको भनेर मोडुलर ओटी त जिन्सीविभागले अझै पनि स्वीकार्न सकेको छैन । १० करोड रुपैयाँमाकिनेको सो उपकरण अझै पनि स्टोरले दर्ता गर्न नसक्दात्यो त्यसै पुरानो बन्ने अवस्थामापुगेको छ ।

त्यस्तै ४ वटा विनाकामको भेन्टिलेटर पूर्व उपकूलपतिले जानेबेलामाकिनेर गएकाथिए । त्यो भेन्टिलेटर अहिले पनि बेबारिसे भएको छ ।

 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal