P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

हेर्नुहाेस् फेसबुकले तपाईलाई कसरी बेचिरहेको छ !

७ चैत, काठमाडौं ।
फेसबुक अहिलेसम्मकै ठूलो संकटसँग जुधिरहेको छ  । २०१६ मा अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई मद्दत गर्ने कम्पनी क्याम्ब्रिज एनालिटिकाले फेसबुकका ५ करोड युजर्सको निजी जानकारी चोरेको आरोप छ ।

फेसबुकका डेटा सुरक्षा प्रमुख एलेक्स स्टमसको प्रस्ताविक विदाइले कम्पनीको देशभरका कार्यालयमा चिन्ता बढेको छ ।

अब फेसबुकका प्रमुख मार्क जुकरबर्ग पनि प्रश्नको घेरामा आएका छन् ।
जब रुसले फेसबुकको प्रयोग गरेर २०१६ को अमेरिकी चुनाव प्रभावित गरेको आरोप लागेको थियो, त्यसबेला मार्क जुकरबर्गले यसलाई ‘पागल’ कुरा बताएका थिए ।
तर, केही महिनापछि उनले फेसबुकमा भाइरल हुने गरेको गलत खबर रोक्ने उपायको घोषणा गरे ।

यस पटक च्यानल ‘४ न्यूज’को अन्डरकभर रिपोर्टिङ र द न्यूयोर्क टाइम्सको खबरमा प्रतिक्रिया दिँदै उनले भनेका छन् कि लाखौं डेटा जम्मा गरेर थर्ड पार्टीलाई दिएको छ । तर, यो डेटा उल्लंघनको दायरामा आउँदैन ।

फुसबुक र क्याम्ब्रिज एनालिटिका दुबैले कुनै पनि प्रकारको गडबडी र नियम उल्लंघन अस्वीकार गरेका छन् । यदि यो डेटा सुरक्षा उल्लंघन होइन र यो कम्पनीको चिन्ताको विषय होइन भने दुई अर्ब फेसबुक युजर्सका लागि चिन्ताको विषय हो ।

फेसबुकले अप्रत्यासित रुपमा कमाई गरेका छन् र जुकरबर्ग विश्वकै धनी मानिस बनेका छन् । धेरै युजरलाई यो थाहा छैन कि सोसल मिडिया कम्पनी उनको बारेमा कति जानकारी राख्छन् । फेसबुकको बिजनेस मोडल उसको डाटाको गुणस्तरमा आधारित हुन्छ । फेसबुकले डाटा विज्ञापनदातालाई बेच्छ ।

विज्ञापनदाताले स्मार्ट म्यासेजिङको माध्यमबाट प्रभावित पार्छ र आफ्नो सामान बेच्न खोज्छ ।

द टाइम्स लेख्छ, ‘अहिले जे भइरहेको छ, त्यो यसकारण हो कि फेसबुकले सामान मात्र होइन, राजनीति पनि बेचिरहेको छ ।हाम्रो सोचलाई प्रभावित पार्न स्मार्ट म्यासेजिङको प्रयोग गर्न चाहन्छन् ताकि हामीले कुनै खास उम्मेदवारलाई मत दिऔं । उनीहरुले यसको प्रयोग आम सहमतिलाई कमजोर बनाउन र सत्यलाई लुकाउन पनि प्रयोग गर्ने गरेका छन् ।’एजेन्सी

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal