P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको उपाधि नजिक

  • प्रकाशीत मिती

    फागुन २०, काठमाडौँ ।

भारत आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधि नजिक पुगेको छ।

मंगलबार दुबईमा भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित भारत फाइनलमा प्रवेश गरेको हो।  

अब उपाधिका लागि भारतले दक्षिण अफ्रिका वा न्यूजिल्यान्डमध्ये एक टोलीसँग आइतबार दुबईमा नै प्रतिस्पर्धा गर्नेछ। दक्षिण अफ्रिका र न्यूजिल्यान्ड बुधबार पाकिस्तानको लाहोरमा हुने दोस्रो सेमिफाइनलमा भिड्दैछ।

मंगलबार दुबई अन्तर्राष्ट्रिय मैदानमा अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ६ विकेटको क्षतिमा ४८.१ ओभरमा पूरा गर्‍यो।

भारतका लागि विराट कोहलीले ८४ रन जोडे। उनले ९८ बल खेलेर ५ चौका प्रहार गरे। त्यसअघि कप्तान तथा ओपनर रोहित शर्माले २८ रन बनाए। अर्का ओपनिङ ब्याटर शुभमन गिल ८ रनमा आउट भए। 

श्रेयस अय्यर ४५ रन र अक्षर पटेल २७ रनमा आउट भए। केएल राहुलले नटआउट ४२ रन बनाउँदा हार्दिक पाण्ड्या २४ बलमा २८ रन जोडेर आउट भए। 

बलिङमा अस्ट्रेलियाका नाथान इल्स र एडम जाम्पाले २-२ विकेट लिए।

मंगलबार दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया ४९.३ ओभरमा २६४ रनमा अलआउट भयो।

अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले ९६ बलमा ४ चौका र १ छक्काको मद्दतमा ७३ रन बनाए। एलेक्सा क्यारीले रनआउट हुनुअघि ५७ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ६१ रनको योगदान  गरे।

ओपनर ट्राभिस हेडले ३९ रन बनाउँदा उनका ओपनिङ पार्टनर कूपर कनोली शून्यमा आउट भए। मार्नस लबुसेन ११ रन र ग्लेन म्याक्सवेल ७ रन मात्र जोड्न सके।

बलिङमा भारतका मोहमद शामीले ३ विकेट लिए। बरुण चक्रवर्ती र रवीन्द्र  जडेजाले २-२ विकेट हात पार्दा हार्दिक पाण्ड्या र अक्षर पटेलले १-१ विकेट आफ्नो नाममा लेखाए।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
हङकङसँग आज मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
२०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal