P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

व्यापारिक साझेदारविरुद्ध ५० प्रतिशतसम्म कर लगाउने ट्रम्पको घोषणा

  • प्रकाशीत मिती

    चैत २१, काठमाडौँ ।

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा प्रवेश गर्ने सबै साम्रगीमा नयाँ आयात कर (ट्यारिफ) लगाउने योजना सार्वजनिक गरेका छन् ।

यो दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यापारमा आएको सबैभन्दा ठूलो परिवर्तन रहेको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विश्वका सबै अमेरिकी व्यापारिक साझेदारहरूका लागि १० प्रतिशत न्यूनतम आयात शुल्क लगाउने घोषणा गरे । बीबीसीका अनुसार यो व्यापार शुल्क अप्रिल ५ देखि लागु हुने बताइएको छ ।
 
यसबाहेक राष्ट्रपति ट्रम्पले अनुचित व्यापार नीति अपनाउने केही देशमाथि थप लगाइने आयात शुल्क दर पनि घोषणा गरेका छन् । यो आयात शुल्क उच्चतम ५० प्रतिशतसम्म हुने उनले बताएका छन् । जसलाई उनले पारस्परिक आयात शुल्क भनेका छन् । 

युरोपियन युनियन र चीनजस्ता देश यसमा परेका छन् । जसलाई ट्रम्पले व्यापार नीतिको सबैभन्दा खराब उल्लंघनकर्ता भनेर सूचीकृत गरेका छन् । उनीहरूका सामग्रीम अझै बढी दरमा कर लाग्नेछ ।
 
यस्तो पारस्परिक आयात शुल्क लाग्ने देशहरूको सूचीमा चीन, युरोपेली संघ, भियतनाम, जापान, भारत आदि छन् । ट्रम्पले घोषणा गरेको पारस्परिक आयात शुल्क  अनुसार  थाइल्यान्डलाई ३६ प्रतिशत, चीनलाई ३४ प्रतिशत, दक्षिण कोरियालाई २५ प्रतिशत, इन्डोनेसियालाई ३२ प्रतिशत, युरोपेली संघलाई २० प्रतिशत, ताइवानलाई ३२ प्रतिशत, स्वीटजरल्यान्डलाई ३१ प्रतिशत, मलेसियालाई २४ प्रतिशत, भियतनामलाई ४६ प्रतिशत, जापानलाई २४ प्रतिशत, भारतलाई २६ प्रतिशत शुल्क लाग्नेछ । अप्रिल ९ देखि लागु हुने बताइएको छ । 

अमेरिकाका अनुसार पारस्परिक आयात शुल्क लगाउनुको पछाडि अमेरिकाविरुद्ध अन्य देशले अन्तर्राष्ट्रिय व्यापारमा गरेको अनुचित र अन्यायपूर्ण व्यवाहार हो । केही देशले अमेरिकी सामानमा लगाउने आयात शुल्क अमेरिकाले ती देशहरूबाट आयात हुने सामानमा लगाउनेभन्दा धेरै रहेको अमेरिकाको दाबी छ ।

ट्रम्पले विदेशमा निर्मित सबै कार तथा सवारीमा २५ प्रतिशत आयात शुल्क लागु हुने घोषणा गरेका छन्, जुन स्थानीय समयानुसार बुधबार मध्यरातिदेखि लागु हुनेछ ।

ह्वाइट हाउसको रोज गार्डेनमा आयोजित एक समारोहमा एक घण्टा लामो सम्बोधनका क्रममा उनले विभिन्न आयात शुल्क दर घोषणा गरे । सो कार्यक्रममा बोल्दै ट्रम्पले यसलाई उनले ‘मुक्ति दिवस’को संज्ञा दिए । साथै आजका दिनबाट अमेरिकामा सुनौलौ दिनको सुरुआत भएको बताए ।

सम्बोधनपछि राष्ट्रपति ट्रम्पले दुई कार्यकारी आदेशमा हस्ताक्षर गरे । जसअन्तर्गत पारस्परिक शुल्क कार्यान्वयन गर्ने र चिनियाँ उत्पादनहरूलाई शुल्क छुट दिने अमेरिकी कानुनी प्रावधानलाई हटाउने विषय समावेश थियो ।

ट्रम्पको यो घोषणाप्रति विश्वका धेरै नेताहरूले निराशा व्यक्त गर्दै व्यापार युद्ध बढ्ने चिन्ता जनाएका छन् । विश्लेषकहरूले ट्रम्पको व्यापार युद्धको विस्तारले अमेरिकीहरूका लागि महँगी बढाउने र अमेरिकाको आर्थिक वृद्धि घटनाउनसक्ने बताएका छन् । यसले विश्वका केही देशहरूलाई आर्थिक मन्दीको स्थितिमा पुर्‍याउनसक्ने चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रपति ट्रम्पको नयाँ शुल्क घोषणापछि अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
भोटेकोशी बाढीका कारण नारायणगढ–काठमाडौं सडकमा सबै सवारी आवागमन बन्द
काठमाडौँमा राष्ट्रिय ‘जलवायु सप्ताह आयोजना हुने’
नेपाल–भारत थिंक ट्यांक फोरम’ सम्पन्न
अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास सुनसान
अब अनलाइन सञ्चारमाध्यम दर्ता सूचना विभागबाटै हुने
आतंकवाद र क्षेत्रीय सुरक्षाबारे उच्चस्तरीय सेमिनार काठमाडौंमा सम्पन्न

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal