P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

एम्बुलेन्स खरीद गर्न संकलन गरिएको रकम दुरुपयोग

ओखलढुंगा । एम्बुलेन्स खरीदको उद्देश्यले १० वर्ष अघि महायज्ञ मार्फत संकलन गरिएको १५ लाख रुपैयाँ दुरुपयोग भएको छ ।

ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका वडा नम्वर १,२,३ क्षेत्रलाई लक्षित गरेर एम्वुलेन्स संचानल गर्ने भन्दै महायज्ञ लगाइएको थियो । महायज्ञ बाट संकलन भएको १५ लाख रुपैयाँ रकम दुरुपयोग भएको स्थानीयहरुले बताएका छन् । ग्रामिण क्षेत्र बाट एम्बुलेन्स सेवा पाउने आशा बोकेर एम्बुलेन्स किन्नकै लागि सहयोग गरेका स्थानीय रकम संकालन भएको १० वर्ष वितिसक्दा पनि आशा मात्र बोकेर बस्न बाध्य बनेका छन् ।

आयोजक कमिटीका संयोजक बद्रीदास भौकाजीले संकलन गरीएको रकम कहाँ पु¥याए हामीलाई अत्तोपत्तो छैन् एक जना स्थानीयले भने । उक्त समितिमा समाजमा आफुलाई ठूलै सामाजसेवी भन्ने व्याक्ति राजन सुवेदी सचिव, होतराजा ढकाल सह–सचिव र राजबाबु भैकाजी कोषाध्यक्ष थिए ।

एक जना स्थानीयले भने “१० वर्षको व्याजले मात्रै पनि २ ओटा एम्वुलेन्स आउने थियो रुपैयाँ उठाउनेहरुले के गरे हामी कसैलाई थाहा छैन ।” रुपैयाँ धेरै संकलन गर्नकै लागि माता मीरा उषा घिमिरेलाई कथा बाचन गर्न बोलाईएको थियो । संकलन गरिएको रकम समितिकै केहि व्यक्तिले व्यक्तिगत प्रयोजनको लागि प्रयोग गरेको स्थानीयले आरोप लागाएका छन् ।

ओखलढंगामा विरामी हुदा घण्टौ बोकेर अस्पताल लानु पर्ने बाध्यता अझै छ । गरीव जनातालाई झुक्याएर रकम दुरुपयोग गरेको भन्दै आफुहरु चुप लागेर नबस्ने स्थानीयले चेतावनी दिएका छन् ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal