चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमलमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको छ । कालिका नगरपालिकाले गरेको विकास निर्माण लगायतका विभिन्न विषयहरुको बारेमा नगरवासीलाई जानकारी गराउने उद्देश्यले शुक्रबार सार्वजनिक सुनुवाई गरिएको थियो ।
नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले स्थानीयको समस्या समाधान गर्न आफु प्रतिवद्ध रहेको भन्दै श्रेष्ठले सडक, शिक्षा, स्वास्थ्य लगायतका विभिन्न क्षेत्रमा भईरहेको कामको समेत जानकारी गराएका थिए । नगरपालिकाभित्र रहेको चुनखानीको समस्या, सुकुम्बासी, अव्यवस्थित वस्तीको समस्या, खोला तटबन्धन, फोहोरमैला व्यवस्थापन लगायतका विषयमा नगरपालिका चनाखो भएर समस्या समाधान गर्न लागिपरेको उहाले बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज सुवेदीले नगरको कुल बजेटको ३० प्रतिशत काम सम्पन्न भईसकेको बताउनु भयो । नगरको कुल बजेट ४८ करोड ७३ लाख ९ हजार २ सय ११ रुपैया ४४ पैसा मध्ये १४ करोड ८५ लाख ६२ हजार ४ सय ६० रुपैया ८९ पैसा बराबरको कार्य सम्पन्न भई भुक्तानी समेत भईसकेको र ३३ करोड ८७ लाख ४६ हजार ७ सय ५० रुपैया ५५ पैसाको काम जारी रहेको उहाले बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका लेखा शाखा प्रमुख बिनोद अर्यालले विभिन्न कार्यक्रममा भएका खर्चहरुको भुक्तानी दिँदा आवश्यक पर्ने भ्याट बील र पान बीलको बारेमा स्पष्ट पार्नुभएको थियो । सो सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुले बाटो निर्माण, सिंचाई, ढल, फोहोर व्यवस्थापन, अव्यवस्थित वस्ती व्यवस्थापन, खानेपानी, चुनखानीको समस्या लगायतका विषयमा सुझाव दिँदै विभिन्न शीर्षकमा आगामी वर्ष बजेट विनियोजन गर्न समेत अनुरोध गर्नुभएको थियो ।सो कार्यक्रममा नेकपा एमाले कालिका नगर संयोजक भिष्म प्रसाद खनाल, नेपाली कांग्रेस नगर सभापति राजु श्रेष्ठ, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
चैत्र १० , चितवन खोलेसिमल ।