P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

निर्वाचन आयोगमा मिडिया सेन्टर स्थापना

  • प्रकाशीत मिती

    पुस ११, काठमाडौँ ।

 निर्वाचन आयोगले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनसम्बन्धी गतिविधिकाे बारेमा जानकारी दिन मिडिया सेन्टर सञ्चालनमा ल्याएको छ।

निर्वाचनका गतिविधिकाे बारेमा जानकारी दिन तथा सञ्चारमाध्यमहरुसँग पारस्परिक सम्बन्ध स्थापित गर्न आयोगले शुक्रबारदेखि आयोगमै कार्यालय खडा गरी मिडिया सेन्टर सञ्चालनमा ल्याएको हो।

आयोगले पत्रकार सम्मेलन गर्दै निर्वाचन सम्बन्धी सूचनाहरु एकीकृत रुपमा प्रवाह गर्नको लागि मिडिया सेन्टरको स्थापना गरिएको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मिडिया सेन्टरमार्फत निर्वाचन सम्बन्धी आधिकारिक सूचना प्रवाह, पत्रकार सम्मेलन आयोजना तथा सञ्चारमाध्यमलाई सत्यतथ्य समाचार उपलब्ध उपलब्ध गराउन सेन्टरको स्थापना गरिएको बताउनुभयो ।

उहाँले सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट र भ्रामक सूचनालाई ध्यानमा राख्दै त्यसको सत्यतथ्य पहिचान गर्ने, सरोकारवाला निकायसँग समन्वय गर्ने र सकारात्मक सूचना प्रवाह सुनिश्चित गर्ने लक्ष्सहित सूचना सदाचार प्रवद्र्धन केन्द्र स्थापना गरिएको पनि बताउनुभयो। उहाँले यस पटक आयोगले सामाजिक सञ्जालहरुसँग समेत सहकार्य गर्ने लक्ष्य लिएको बताउनुभयो ।

प्रवक्ता भट्टराईले निर्वाचनका लागि आवश्यक सबै प्रकारको कार्यहरु तीब्र गतिमा गरिरहेको समेत बताउनुभयो।

उहाँले निर्वाचनको वातावरण बनाउन आयोगले सरकार, दल र सुरक्षा निकायहरुसँग समेत निरन्तर संवादमा रहेको जानकारी दिनुभएकाे छ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal