P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसहित ३३ जनाले दिए राजीनामा, रास्वपा प्रवेश गर्दै

  • प्रकाशीत मिती

    पुस २०, बुटवल ।

रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) रुपन्देहीका जिल्ला अध्यक्षसहित ३३ जनाले सामूहिक राजीनामा दिएका छन् ।

पार्टीको नेतृत्व तहबाट भएका  निर्णयहरू, कार्यशैली र संगठन सञ्चालनको प्रक्रियामा गम्भिर असहमति जनाउँदै राजीनामा दिइएको जिल्ला अध्यक्ष तुल्सी थारुले बताए ।

राजीनामा दिनेमा जिल्ला अध्यक्ष थारुसहित वरिष्ठ जिल्ला उपाध्यक्ष राकेश कोइरी, केन्द्रीय सदस्य महेश गिरी, तारादेवी चौधरी, मञ्जु दगोरिया, केशव चौधरी, प्रदेश सदस्य माधव चौधरी, जिल्ला कोषाध्यक्ष राम बहादुर थारु, महिला जिल्ला अध्यक्ष राधा चौधरी लगायत छन् ।

पार्टी नेतृत्व कार्यकर्ताको भावना र जनताको चाहनाविपरीत पार्टी अघि बढेको महसुस भएकाले पार्टीको सम्पूर्ण जिम्मेवारीहरूसहित साधारण सदस्यबाट समेत राजीनामा दिएको थारुले बताए ।

नाउपा परित्याग पछि सोमबार भोलि नाउपाका पूर्व पदाधिकारी र थरुहट थारुवान संयुक्त संघर्ष समितिसहित आफूहरू राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा समाहित हुने उनले जानकारी दिए ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता
एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी
गगन थापाले कार्यभार सम्हाल्ने भएपछि मुख्यसचिव पौडेलले दिए राजीनामा
निर्वाचन आयोगले गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal