P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

पोर्चुगलमाथि नेदरल्याण्ड्सको शानदार जित

  • प्रकाशीत मिती

    चैत १३, काठमाडाैं

एजेन्सी । रुसमा हुने फिफा विश्वकप फुटबलको तयारीमा रहेको पोर्चुगल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ । सोमबार राति भएको मैत्रीपूर्ण खेलमा पोर्चुगल नेदरल्याण्ड्ससँग ३ – ० ले पराजित भएको हो ।

नेदरल्याण्ड्सको जितमा मेम्फिस डिपे, रायन बाबेल र भिर्गिल भान डिज्कले समान एक एक गोल गरे । दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको पोर्चुगलविरुद्ध नेदरल्याण्डस्ले तीनै गोल पहिलो हाफमा गरेको थियो ।

खेलको ११ औं मिनेटमा डिपेले गोल गर्दै नेदरल्याण्डस्लाई सुरुवाती अग्रता दिलाए । ३२ औं मिनेटमा बाबेलले गोल गर्दै नेदरल्याण्डस्को अग्रता दोब्बर बनाए । खेलको ४५ औं मिनेटमा डिज्कले गोल गरेपछि नेदरल्याण्डस् पहिलो हाफमा ३–० ले अघि रह्यो ।

पहिलो हाफमा फराकिलो अन्तरले पछि परेको पोर्चुगलले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्यो । तर, पोर्चुगलले गोल फर्काउन सकेन । खेलको ६१ औं मिनेटमा जोओ कान्सेलोले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि पोर्चुगल १० खेलाडीमा समेटियो । दोस्रो हाफमा पोर्चुगल १० खेलाडीमा सीमित भएपनि नेदरल्याण्ड्सले थप गोल गर्न सकेन र खेल ३–० ले आफ्नो बनायो ।

आगामी जेठमा हुने रुस विश्वकपमा पोर्चुगल समूह बि मा रहेको छ । पोर्चुगलले स्पेनविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । नेदरल्याण्ड्सले भने यो पटकको विश्वकपमा स्थान बनाउन सकेन ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
हङकङसँग आज मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
२०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal