एमालेसँग बराबर हैसियत नभए पार्टी एकता हुंदैन भन्दै माअाेवादी नेता कुर्लेपछि……..
शेयर गर्नुहोस् >>
प्रतिकृया दिनुहोस
संबन्धित समाचार








नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले चित्त बुझ्दो हैसियत नपाए पार्टी एकता नहुने बताएका छन् । अध्यक्ष प्रचण्डले ५०, ५० नभए पार्टी एकता हुन नसक्ने बताएका बेला रिपोर्टर्स क्लब पाँच नम्बर प्रदेशले बुटबलमा गरेको साक्षात्कारमा नेता रायमाझीले घडी, समय पोला तोकेर पार्टी एकता हुने विषय नभएको बताए ।
पार्टी एकता हुँदा समान हैसियतमा मात्र एकता हुन्छ, आफनो औकात अनुसारको हैसियतमा मात्र एकता गछौँ, सम्मान जनक, समान हैसियतले नभए पार्टी एकता हुँदैन रायमाझीले भने । पछिल्लो समय पार्टी एकताका विषयमा माओवादीका नेताबाट फरक धारणा आइरहेको छ । यसले एकता भाडिने संकेत देखिन्छ ।
उनले देशमा विगतका समयमा सरकार निर्माण हुँदा राजनितिक स्थीरता नभएकाले अहिले पुर्ण दुई तिहाई सहितको सरकार निर्माण गरेकोले प्रतिपक्ष सँग सहकार्य गरेर विकासका काममा अगाडि बढ्ने बताए । प्रतिपक्षले सहकार्य गर्ने जानकारी गराइसकेकोले सहकार्य गर्न तयार बाम गठबन्धनको सरकार पनि तयार रहेको उनले बताए ।
उनले अर्कोको देशको विषयमा बोल्न आवश्यक नभएको ईयुलाई चेतावनी दिए । ईयुले दिएको सुझाव ठिक भए लिने नत्र लागु नहुने बताए । पाँच नम्बर प्रदेशको राजधानी जनप्रतिनिधीले पायक पर्ने ठाउँमा माग्नु स्वभाविक हो, उचित र सहि ठाउँमा राख्न सुझाव रहने बताउँदै पाँच नम्बर प्रदेशमा पहाड र तराई अलग नगराउँनका लागी धेरै आन्दोलन गरेर जोगाएकोले स्थायी राजधानी राख्न सल्लाह दिने बताए ।