एमाले माओवादी केन्द्रबीच पार्टी एकताको टुङ्गो भालि लाग्ने
प्रकाशीत मिती
चैत १४, काठमाडाैं
नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको वैचारिक राजनीतिक एजेण्डासहितको प्रतिवेदन भोलि टुंगो लाग्ने भएको छ । यसअघि आज राजनीतिक प्रतिवेदन कार्यदलको बैठक बसेर प्रतिवेदन टुंगो लगाउने निर्णय गरिएको थियो ।
आज दिउँसो १ बजेका लागि तय भएको बैठक तयारी नपुगेको र सबै सदस्य उपस्थित हुन नसक्ने भएपछि भोलिका लागि सारिएको हो । यसअघि गएको आइतबार भएको कार्यदलको बैठकले आज बैठक बसेर प्रतिवेदनको टुंगो लगाउने निर्णय गरेको थियो ।
बैठक भोली बेलुकी ५ बजेका लागि सारिएको कार्यदलका सदस्य एवं एमाले नेता सुवास नेम्वाङले जानकारी दिए । ‘भोली हामी बेलुकी ५ बजेदेखि राति १० बजेसम्म छलफल गरेर प्रतिवेदन टुंगो लगाउँछौं’ नेम्वाङले भने ।
कार्यदलले प्रतिवेदन तयार पारेर पार्टी एकता संयोजन समितिलाई बुझाउनेछ । प्रतिवेदनमा देशको समग्र परिस्थिति, क्रान्तिको चरित्र, पार्टी निर्माणलगायतका विषयमा एकतापछि बन्ने पार्टीको आधिकारिक धारणा समावेश हुने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि नै दुई पार्टीबीच एकता टुंग्याउने गरी छलफल तिब्र पारिएको छ । प्रधानमन्त्री ओली चैत २३ गते भारत जाने कार्यक्रम तय भएको छ ।