P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

वडा अध्यक्षद्धारा मदिरा सेवन गरी सचिवमाथीे आक्रमण

चैत १५ ,देवघाट  ।

तनहुको देवघाट गाउपालिका वडा नं ४ अन्र्तगत सिंञ्चाङमा रहेको कार्यलयमा वडा अध्यक्ष पदमबहादुर गुरुङले मदिरा सेवन गरी आफ्नै वडा सचिव भोजनारायण श्रेष्ठमाथी आक्रमण गरेका छन् ।

वडा अध्यक्ष गुरुङले अपरान्हको समयमा कार्यालयको काममा व्यस्त भइरहेको अवस्थामानै वडा सचिव श्रेष्ठलाई आक्रमण गरेका हुन् । गाउपालिकाका सम्पूर्ण कर्मचारीले वडा अध्यक्ष गुरुङको हर्कत निन्दा र भत्र्सना गर्दै निजलाई कार्वाही नभएसम्म कुनैपनि काम नगर्ने भन्दै कार्यालय ठप्प पारी विरोधमा उत्रिएका छन् ।

वडा अध्यक्ष गुरुङले कार्यालयको समयमा काममा व्यस्त भइरहेको अवस्थामानै वडा सचिव श्रेष्ठलाई कार्यालय बाहिर बोलाइ एक्कासी कुनै छलफलनै नगरी अपमानजनक रुपमा घृणित अपशव्द बोल्दै आक्रमण गर्ने प्रयास गरेको र स्थानीय नागरिकहरुले अध्यक्षलाई रोकी सचिव श्रेष्ठ स्थानीयको सहयोगमा भागेर ज्यान बचाएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

जनताको सेवामा निरन्तर कार्यरत कर्मचारी माथी सुरक्षा प्रत्याभुती नभएसम्म कुनैपनि काम सुचारु गर्न नसक्ने विज्ञप्तीमा जनाईएको छ ।यो आक्रमण एक कर्मचारी माथी नभई सिंगो गाउपालिकाका कर्मचारीमाथी भएको र यसलाई सामान्य रुपमा लिन नसकिने भन्दै गाउपालिकाका कर्मचारीहरुले आपत्ति प्रकट गरेका छन् ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal