P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

डीपीएलः विराटनगर किंग्सलाई ३३ रनले पराजित गर्दै महेन्द्रनगर युनाइटेड विजयी

  • प्रकाशीत मिती

    चैत १८. अार्इतबार

बलियो टोली विराटनगर किंग्सलाई ३३ रनले पराजित गर्दै महेन्द्रनगर युनाइटेडले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)–२ मा विजयी सुरुवात गरेको छ।

महेन्द्रनगरले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको विराटनगर ६ ओभर बाँकी छदै १ सय ३५ रनमा समेटियो। विराटनगरका लागि पृथु बास्कोटाले सर्वाधिक ३५ रन जोडे । त्यसबाहेक बाबरहयातले ३२ रन जोडे। १० बलको सामना गरेका उनले ४ छक्का र २ चौका प्रहार गरेका थिए। यस्तै, अनिलकुमार साहले २३, पारस खड्काले १६ रन जोडे।

महेन्द्रनगर युनाइटेडका अविनाश कर्णले ३ तथा पुनित मेहरा, भुवन कार्की र रोबिन क्षेत्रीले समान २ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको महेन्द्रनगर युनाइटेडले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन जोडेको हो। महेन्द्रनगरका लागि कप्तान विनोद भण्डारीले ३५ रन जोडेका थिए। ३५ बलको सामना गरेका भण्डारीले ५ चौका र १ छक्का प्रहार गरे।

यस्तै महेन्द्रनगरका पुनित विष्टले २४, आरिफ सेखले २०, हरिशंकर साहले १९ र पुनित मेहराले १८ रन जोडे। विराटनगरका मन्जित श्रेष्ठले २ तथा पारस खड्का र शुभम कामतले १ विकेट लिए।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal