P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

जावलाखेलमा पुष्प प्रदर्शनी ४ दिनसम्म सञ्चालन हुने

काठमाडौं २७ असोज ।  रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने नाराका साथ पुष्प व्यवसायीहरूको छाता संगठन फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा शुभ दीपावलीको अवसर पारी ललितपुरको जावलाखेलमा ११औँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी मेला सुरु भएको छ । कृषि राज्यमन्त्री सरिता प्रसाईँ तथा कृषिविकास मन्त्रालयका सचिव डा सुरोज पोखरेलले संयुक्तरूपमा मेलाको उद्घाटन गरेका छन् । तिहार लक्षित प्रदर्शनी आज बिहीबारदेखि ४ दिनसम्म जाउलाखेलको खेल मैदानमा सञ्चालन हुनेछ ।

पुष्प व्यावसाय प्रवद्र्धनका सम्बन्धमा समय अनुकूल पुष्पको जातीय विकास एवं गुणस्तरीय उत्पादनमा सहयोग पु¥याउनका लागि यस किसिमका कार्यक्रमहरू आयोजना गर्ने गरेको र त्यसै मध्येको यो पनि एक रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसाजु श्रेष्ठले बताए । कार्यक्रममा प्रमुख अतिथि कृषि राज्यमन्त्री प्रसाईँले फूल र मानिसको जीवनको बीचमा घनिष्ट सम्बन्ध रहेको बताउँदै पुष्प व्यवसायले पनि जीविकोपार्जनमा सहयोग पु¥याउने बताइन् । घर वरिपरि फूलका विरुवा रोप्दा आनन्द अनुभूति हुने बताउँदै पुष्प व्यवसायलाई आधुनिकतामा ढाल्नुपर्ने र त्यसतर्फ सरकारले सक्दो प्रयत्न गर्ने प्रतिबद्धता जनाइन् । प्रतियोगितात्मक पुष्प प्रदर्शनीले पुष्प व्यवसायीको आत्मबल बढ्ने दाबी गर्दै मन्त्री प्रसाइँले निरन्तर यस्तो कार्यक्रम आयोजना गरेकोमा फ्लोरिकल्चर नेपाललाई धन्यवाद ज्ञापन गरिन् ।

कार्यक्रममा आफ्नो धारणा राख्दै कृषि विकास मन्त्रालयका सचिव सुरोज पोखरेलले कृषि नेपालीको मुख्य पेसा भएको बताउँदै कृषिभित्र पनि पुष्प व्यवसाय अझैँ महत्वपूर्ण रहेकोले यसलाई आधुनिक तरिकाले विकास गर्नुपर्नेमा जोड दिए । विशेषगरी चाडपर्वमा फूल विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै उनले निकट भविष्यमा यस्तो विवशता अन्त्य गर्नेगरी लाग्नुपर्ने बताए । निजी क्षेत्रले पुष्प व्यवसायमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउँदै सचिव पोखरेलले कार्यक्रम भव्यरूपमा सफलताको शुभकामना दिए । उक्त मेलामा गोदावरीका विभिन्न ४ ओटा जात समेटेर यो प्रतियोगिता सम्पन्न गरी उत्कृष्ट ५ र प्रथम, द्वितीय र तृतीय गरी प्रमाणपत्र वितरण गरिएको थियो ।

विजयी हुने हरूमा सम्झना नर्सरी प्रथम, अजिमा नर्सरी द्वितीय र शिष्टता नर्सरी तृतीय भएका थिए । सहभागी सबैलाई प्रमाण पत्र प्रदान गरिएको थियो । मेलामा व्यावसायिक स्टल ४४ ओटा, सूचनामूलक स्टल ३ ओटा, प्रतीस्पर्धात्मक ३ ओटा गरी जम्मा ५० ओटा स्टल रहेका छन् । मेलाबाट पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घरआँगन तथा बगैँचा सजाउन चाहने, फूल विरुवाप्रति अभिरुचि राख्ने तथा यससम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैलाई पुष्प व्यवसायको क्षेत्रमा भए गरेका नयाँनयाँ प्रविधि र उपलब्धि सहितका जानकारीसमेत मेला स्थलबाटै प्रदान गरिने एसोसिएसनका महासचिव मीनबहादुर तामाङले बताए ।

नेपालमा सन् १९५० बाट सामान्य स्तरबाट सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै पुष्प व्यवसायको केन्द्र काठमाडौं मात्रै नभएर पोखरा, नारायणघाट, हेटौँडा, काभ्रे, विराटनगर, धरान, धनगढी लगायतका ठाउँमा फैलिँदै गएको छ । नेपालमा पुष्प व्यवसाय आव ०७३÷७४ सम्म आइपुग्दा हाल लगभग ३९ जिल्लामा लगभग ६ सय ७८ पुष्प व्यवसाय विस्तार भइसकेका छन् भने १ सय ५३ क्षेत्रफलमा पुष्प व्यवसाय हुने गरेको छ । गत आवमा १ अर्ब ७१ लाख बराबरको कारोबार भएकोमा यसवर्ष भने २ अर्ब बराबरको कारोबार गर्ने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal