P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

एमाले र माओवादी पार्टी एकता वैशाख ९ मा

  • प्रकाशीत मिती

    चैत २२, काठमाडाैं

एमाले–माओवादी एकताका लागि बनेको एकता संयोजन समितिको बैठक सकिएको छ। बिहीबार बिहान बसेको संयोजन समितिको बैठक बैशाख ९ गते पार्टी एकताको तयारी गर्न दुवै पार्टीलाई निर्देशन दिँदै सकिएको हो।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो। बैठकमा दुई कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

राजनीतिक र सांगठनिक कार्यदलले बुझाएको प्रतिवेदनलाई ग्रहण गर्ने निर्णय भएको उनले थाहाखबरलाई जानकारी दिए। बैठकमा प्रधानमन्त्री ओली भारत भ्रमणबाट फर्किएपछि पुनः बैठक बस्ने निर्णय भएको छ।

यसअघि कार्यदलले टुंग्याउन नसेकका मुख्य तीन विषयमा छलफल हुने भनिएको थियो। एकीकृत पार्टीको सांगठनिक संरचना, चुनाव चिह्न तथा पार्टीको दस्तावेजमा ‘जनयुद्ध’ राख्ने कि नराख्ने भन्नेबारे छलफल हुने भनिएको थियो।

तर, यसबारे औपचारिक निर्णय नआएको अधिकारीले बताए। उनका अनुसार प्रधानमन्त्री भारत भ्रमणबाट फर्किएपछि यी विषयमा छलफल हुनेछ। एमाले(माओवादी पार्टी एकता संयोजन समितिको बैठकले प्रधानमन्त्री ओलीको भारत भ्रमण लगत्तै पार्टी एकताका सबै विषयमा टुंगो लगाउने निर्णय गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले बताए।

दुवै कार्यदलले दिएको सुझाव अनुसार बैशाख ९ गते पार्टी एकता गर्ने गरी आन्तरिक तयारी गर्ने निर्णय पनि गरिएको नेता श्रेष्ठले जानकारी दिए।

 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा समूहको निवेदन सर्वोच्चमा दर्ता
एमालेले पठायो ओलीको हस्ताक्षरसहित ६ लाख ६७ हजार बढीलाई चिठी
गगन थापाले कार्यभार सम्हाल्ने भएपछि मुख्यसचिव पौडेलले दिए राजीनामा
निर्वाचन आयोगले गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal