P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

सलमान खानविरुद्ध हरिण शिकारकाे अाराेपमा मुद्दा

  • प्रकाशीत मिती

    चैत २२, काठमाडाैं

करिब २० वर्ष पुरानो कालो हरिणको शिकार गरेको मामलामा बलिउड कलाकार सलमान खान दोषी पाइएका छन्।

सन् १९९८ मा जोधपुरको ग्रामीण इलाकामा दुई हरिणको शिकार गरेको आरोपमा सलमान लगायत पाँचजना विरुद्ध वैष्णोइ समाजले मुद्दा हालेको थियो।

सलमान खानका साथै अभिनेता सैफअलि खान, अभिनेत्री सोनाली बेन्द्रे, तब्बू र नीलमविरुद्ध मुद्दा चलाइएको थियो।

जोधपुर अदालतले बिहीबार सलमान खानलाई दोषी करार गरेको हो भने अन्यलाई सफाइ दिएको छ।

सलमान खानका वकीलले अदालतमा तीन वर्षभन्दा कमको सजाय माग गरेका छन्।

उनीहरू २० वर्ष पहिले हम साथ-साथ हैुं फिल्म सुटिङका लागि जोधपुर गएका बेला शिकार खेलेका थिए।

यो मुद्दा भारतको वन्यजन्तु कानुन अन्तर्गत दर्ता गरिएको थियो। जसमा दोषी पाइएकालाई छ वर्ष सम्मको जेल सजायको प्रावधान रहेको छ।

सलमान खानले भने आफूमाथि लगाइएको आरोप निराधार रहेको बताएका छन्। उनका वकीलले सलमानलाई फसाइएको बताएका छन्।

सलमान खान आफ्नी दुई बहिनीसँग अहिले जोधपुरको अदालतमा नै छन्। उनलाई केहीबेरमा फैसला सुनाउने बताइएको छ। उनका वकीलले तीन वर्षभन्दा कम सजाय दिन आग्रह गरेका छन्।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal