मंगलबार प्रहरी महानिरीक्षक नियुक्ति लगायत विषय टुंगो लगाउन मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ९ बजे बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईँले जानकारी दिए।
त्यसअघि बढुवा सिफारिस समितिको बैठक गृह मन्त्रालयमा बसिररहेका स्रोतले जानकारी दिएको छ। नेपाल प्रहरीका आईजीपी प्रकाश अर्याल र सशस्त्र प्रहरीका आईजीपी सिंहबहादुर श्रेष्ठले बुधबारदेखि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउँदैछन्। नेपाल प्रहरीमा आईजीपीसँगै प्रशासनतर्फका सबै एआईजीले पनि अवकाश पाउँदैछन्। त्यसकारण डीआईजीबाट सिधै आईजीपीमा बढुवा गर्नुपर्ने अवस्था छ।
नेपाल प्रहरीमा सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की आईजीपीको दौडमा छन्। सशस्त्र प्रहरीमा भने एआईजी शैलेन्द्र खनाल अन्य प्रतिस्पर्धीभन्दा सिनियरु छन् ।