P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

भरतपुर महानगरपालिका र मित्रराष्ट्र चीनस्थित सेन्ट्रल साउथ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता

चैत २७,चितवन ।

भरतपुर महानगरपालिका र मित्रराष्ट्र चीनस्थित सेन्ट्रल साउथ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता भएको छ ।भरतपुर महानगरपालिका भित्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक स्तर वृद्धि गर्न भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालय डिन प्रोफेसर थाङ सियुआन शैक्षिक सहकार्यको सम्झौता सम्बन्धी पत्रमा एक समारोहका बीच सम्झैतापत्रमा हस्ताक्षर गर्दै शैक्षिक सहकार्य भएको घोषण गरिएको हो ।

सेन्ट्रल साउथ विश्वविद्यालय चीनको एक ख्यातिप्राप्त विश्वविद्यालय हो । स्नातकोत्तर र विद्यावारिधिमा २१७ वटा शैक्षिक कार्यक्रम र स्नातक तहमा ९४ वटा शैक्षिक कार्यक्रम संचालन भएको यस विश्वविद्यालयले भरतपुर महानगरपालिकाभित्र रहेका गरीब, असहाय तथा जेहेन्दार विद्यार्थी करिब २० जनालाई पूर्ण र ५० जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गर्ने सहमति भएको छ ।

भरतपुर महानगरपालिकाको तर्फबाट डा. विश्वास श्रेष्ठले यस सम्झौताको लागि विश्वविद्यालयसँग आवश्यक समन्वय तथा सहजीकरण गर्नुभएको थियो ।सो अवसरमा बोल्दै सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालय डिन प्रोफेसर थाङ सियुआनले नेपाल नै पहिलो पटक भरतपुरमा आफुहरुले सहकार्य गरेको उल्लेख गर्दै चीन र नेपालको सम्बन्धमा यो सहकार्य कोसेढुगां सावित हुने बताउनु भयो ।यस्तै मेयर रेनु दाहाले मात्र यो अध्यापन मित्र र दैत्यसम्बन्ध र सहकार्यलाई भरतपुर महानगरको तर्फ थप बढाउने बताउनु भयो ।

साथै चाईनाको विकासका मोडललाई भित्राउन आफु उत्सुक रहेको उल्लेख गर्नुभयो ।शैक्षिक सहकार्य सम्बन्धी हस्ताक्षर कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, वडा अध्यक्षहरु, शाखा प्रमुखहरु, पत्रकारहरु, विश्वविद्यालयको तर्फबाट सहप्राध्यापक सुन मे एवं डिभिजन प्रमुख छन छ्याङ्ग तथा सम्बन्धित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

यस सम्झौताले उच्चशिक्षाको महत्व, दुई देशबीच सामाजिक, सास्कृतिक ज्ञान आदानप्रदानका साथै जेहेन्दार विद्यार्थीहरुलाई एक विषेश अवसर सृजना गर्ने र महानगरले उच्चशिक्षा हासिल गरेका जनशक्ति प्राप्त गर्ने भरतपुर महानगरपालिकाले विश्वास लिएको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
यस्ता छन् बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal