काठमाडौंमाथि रोमाञ्चक जित हात पार्दै धनगढी डिपिएलको फाइनलमा
चैत २७,काठगमाडौं ।
धनगढी टिम चौराहाले धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेटको फाइनलमा स्थान बनाएको छ। मंगलबार भएको पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्समाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै धनगढीले फाइनलमा स्थान पक्का गरेको हो।
हारका बावजुद काठमाडौंले दोस्रो क्वालिफायरमा मौका पाउनेछ। एलिमिनेटरमा मंगलबार दिउँसो सिवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेडबीच खेल हुँदैछ। जित हात पार्ने टिमले काठमाडौं गोल्डेन्ससँग भिड्नेछ।
दोस्रो क्वालिफायरको विजेता र धनगढीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
काठमाडौंले दिएको १ सय २८ रनको लक्ष्य धनगढीले १ बल बाँकी छदा ९ विकेटको क्षतिमा पार गरेको हो।
धनगढीलाई अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको स्थितिमा तेस्रो बलमा शंकर राना २८ रनमा रनआउट भएका थिए। चौथो बलमा योगेन्द्रसिंह कार्की ६ रनमा क्याच आउट भए। तर पाँचौ बलमा सांसद शेखले छक्का प्रहार गरेपछि धनगढीले रोमान्चक जित हात पार्यो।