सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)–२० क्रिकेटको दोस्रो क्वालिफायरमा महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको खेल चलिरहदा पानी परेपछि खेल रोकिएको छ । खेल सुरु भएको केहीबेरमा नै वर्षा हुन थालेपछि खेल रोकिएको हो ।
टस हारेर ब्याटिङ गरेको महेन्द्रनगरले २ ओभरको क्षतिमा विना विकेट ८ रन बनाउदा पानी परेको हो ।
इलिमिनेटरको खेलमा सीवाईसी अतरियालाई १५ रनले पराजित गर्दै मेहन्द्रनगर दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो । काठमाडौं गोल्डेन्स भने पहिलो क्वालिफायरमा टिम चौराह धनगढीसँग १ विकेटले पराजित हुदै फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर कुर्नु परेको हो ।
महेन्द्रनगर र काठमाडौंबीचको विजेताले डीपीएल–२ को उपाधिका लागि टिम चौराह धनगढीसँग प्रतिस्पर्धा गर्नेछ ।