P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

बाबु–आमा मरेको चार वर्षपछि जन्मियाे बच्चा

  • प्रकाशीत मिती

    चैत २९, चीन

चीन — अहिलेको युग प्रविधिको हो । त्यसैले त यो युगमा असम्भव भनेको प्राय केही पनि छैन । चीनमा बाबु–आमा मरेको चार वर्षपछि जन्मिएका बच्चाले त्यही तथ्यलाई पुष्टि गरिदिएको छ । सन् २०१३ मा एउटा सडक दुर्घटनामा परी मृत्यु भएका दम्पतिले सुरीक्षत साथ राखेको आफ्नो शुक्रकिट तथा डिम्बको प्रयोग गरी ‘सेरोगेसी’ मार्फत बच्चा जन्मिएको हो। छोरी–छोरीको मृत्यु भए पश्चात आमा–बुवाले उक्त शुक्रकिट तथा डिम्बमाथि हक दाबी गर्दै लामो कानुन लडाईं पश्चात त्यसलाई प्राप्त गर्न सफल भएका थिए।

उनीहरुले शुक्रकिट तथा डिम्बमाथि हक स्थापित गरे पनि चीनमा सेरोगेसी कानुनतस् वैध नभएका कारण उनीहरुले त्यसलाई सडकमार्गबाटै छिमेकी देश लाओस पुर्‍याएका थिए। तरल नाइट्रोजनमा फ्रिज्ड गरिएको शुक्रकिट र डिम्बलाई कुनै पनि विमान कम्पनीको बोक्न नमाने पछि उनीहरुले सडकमार्ग प्रयोग गर्नुपर्ने बाध्यता परेको थियो।

लाओसमा व्यावसायिक सेरोगेसी वैध भएकाले उनीहरुले शुक्रकिट र डिम्बलाई त्यहाँ लगेर सेरोगेट आमा मार्फत बच्चालाई जन्माएका थिए। उक्त बच्चा २०१७ डिसेम्बरमा जन्मिएको बताइएको छ ।

त्यसपछि पनि वंश अगाडि बढाउन लागि परेका दुई चिनियाँ दम्पति सामु अर्को बाधा आइपर्‍यो। त्यो थियो बच्चाको पहिचान स्थापित गर्ने। त्यसका लागि दुवै दम्पतिले आफ्नो रगत तथा डिएनए परिक्षण गराउनु परेको थियो। डिएनएले उक्त बच्चा दुई दम्पतिको नाति भएको पुष्टि गरेपछि भने उक्त बच्चाले आधिकारिक रुपमा चिनियाँ पहिचान प्राप्त गरेको हो। (एजेन्सी)

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
इरान–अमेरिका तनावः ३०० भन्दा बढी अमेरिकी सैनिक घाइते
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट
अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी काराकास सुनसान
केही दिन आफूलाई अनावश्यक फोन र मेसेज नगर्न शिक्षामन्त्री पुनको आग्रह
आतंकवाद र क्षेत्रीय सुरक्षाबारे उच्चस्तरीय सेमिनार काठमाडौंमा सम्पन्न
इन्डोनेसियामा डुंगा डुब्दा ६ यात्रुको मृत्यु

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal