प्रधानमन्त्री अाेलीकाे दोस्रो विदेश भ्रमण बैशाखभित्रै हुने
प्रकाशीत मिती
चैत २९, काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो विदेश भ्रमणको गन्तव्य उत्तरी छिमेक चीन हुने भएको छ।
पहिलो विदेश भ्रमणका लागि दक्षिण छिमेकी भारतलाई चयन गरेका ओलीको दोस्रो विदेश भ्रमणको गन्तव्य उत्तरी छिमेक चीन हुने भएको छ। भारत भ्रमण सकिए लगत्तै परराष्ट्र मन्त्रालयले चीन भ्रमणको तयारी सुरु गरेको स्रोतहरुले बताएका छन्।
प्रधानमन्त्री बनेपछि दक्षिण छिमेकबाट विदेश भ्रमण सुरु गर्ने परम्परा जोगाउँदै ओलीले २३–२५ चैत्रमा भारत भ्रमण सम्पन्न गरिसकेका छन्।
आगामी बैशाखभित्रै ओलीको चीन भ्रमण हुने दावी गर्ने परराष्ट्र स्रोतका अनुसार आगामी हप्ता परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली बेइजिङ जानसक्ने सम्भावना छ।
बुधबारमात्र मन्त्री ज्ञवालीले एक कार्यक्रममा अघिल्लो बर्ष ओली प्रम छँदा चीनसँग भएको सम्झौता कार्यान्वयनका लागि विभिन्न प्रोटोकलमा छिट्टै हस्ताक्षर हुने बताएका थिए।
ओलीपनि पहिलो पटक प्रम भएका बेला चीनसँग भएका संझौता–सहमतिहरु यसपटक कार्यान्वयन गर्ने योजनामा छन्।
लेनिन जयन्तीको अवसर पारेर एमाले–माओवादी केन्द्रबीच ९ बैशाखमा एकता हुँदैछ। खासमा प्रधानमन्त्री ओली माओवादी केन्द्रसँगको एकता सम्पन्न गरेर चीन निस्कन चाहन्छन्।
भारत भ्रमण ९२३–२५ चैत्र मा जानुपूर्वपनि उनी माओवादी केन्द्रसँग एकता गर्न चाहन्थे। तर, तयारी नपुगेका कारण त्यो सम्भव हुन सकेन।
पार्टी एकता गरेर जाँदा नयाँदिल्लीमा आफ्नो हात बलियो पार्न सकिने ओलीको विश्लेषण थियो। भारत भ्रमणपूर्व माओवादी केन्द्रसँग एकता त हुन सकेन।
तर, माओवादी केन्द्र समेतको समर्थनका कारण ओली शक्तिशाली प्रधानमन्त्रीका रुपमा नयाँदिल्ली प्रस्थान गर्न सके। र, स्पष्टसँग आफ्नो अडान पनि राख्न सके।
उत्तर छिमेकी चीन नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरुबीचको एकताको शुभेच्छुक हो।
एकिकृत पार्टीको प्रधानमन्त्रीको रुपमा जाँदा ओलीले बेइजिङमा विशेष सम्मान पाउन सक्छन् नै, त्यसो हुँदा वामपन्थी सरकारको सफलता गरी थप सहयोगको वाचापनि गर्न सक्छ।