अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीका जनतालाई बरदान हुनेगरी निकुन्ज ऐन शंसोधन गर्ने आश्वासन दिए
शेयर गर्नुहोस् >>
प्रतिकृया दिनुहोस
संबन्धित समाचार








चैत ३०,चितवन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीका जनतालाई बरदान हुनेगरी निकुन्ज ऐन शंसोधन गर्ने आश्वासन दिनुभयो । माडीमा जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले निकुञ्ज ऐन २०२९ संशोधनको पहल थाल्ने आश्वासन दिनुभएको हो ।
उहाले चितवन राष्ट्रिय निकुञ्ज जनतालाई बरदान नभएर अभिशाप भएको भन्दै अब त्यसो नहुने बताउनु भयो । उहाले भन्नुभयो ऐन परिवर्तन गर्न नसके जनताको आन्दोलनमा म सहभागी हुन्छु ।” माडीको समृद्धि गर्न सके देशको समृद्धि हुने भन्दै उहाले गाउ गाउबाट विकास निर्माणका काम थाल्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल, उपप्रमुख ताराकुमारी काजी महतो, नेकपा (एमाले) नगर इन्चार्ज नारदमणि पौडेल, जिल्ला समन्वय समितिका सदस्य चूडामणि महतोलगायतले त्यस क्षेत्रका समस्याका बारेमा दाहाललाई अवगत गराउनु भयो । यस्तै शुक्रबारनै बादरमुढे सहयोग समितिले माडीमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै प्रचण्डले यसै अर्थिकबर्ष भित्र बादरमुडे घटनाका सबै पिडितहरुको माग सम्बोधन हुने बताउनु भयो ।
उहाले बँदरमुढे घटना जनयुद्धमा भएको सबैभन्दा ठूलो दुर्घटना र गल्ती भएको दोहो¥याए । पीडितको घाउमा मल्हमपट्टी लगाउने आफ्नो नैतिक र राजनीतिक जिम्मेवारी रहेको प्रचण्डले बताउनु भयो ।
अहिले बलियो सरकार भएको भन्दै उहाले राज्यका तर्फबाट हिजो भएका समझदारीअनुसार काम गर्न सकिने जानकारी दिनुभयो ।बँदरमुढे पीडितसँग निर्वाचनका समयमा आफूले गरेको तीन बुदे सम्झौता कार्ययोजना बनाएर काम अगाडि बढेको प्रचण्डको भनाई छ ।
यसअघिको सरकारले बादरमुढे घटनामा मृत्यु भएकालाई गरेको शहीद घोषणाप्रति कुनै विवाद नरहेको उहाले प्रष्ट पार्नु ।
सो अवसरमा बादरमुढे पीडित संघर्ष समितिका अध्यक्ष मुक्ति न्यौपाने, मैना लामिछाने र विश्वनाथ पौडेलले घाइतेको औषधि उपचार निःशुल्क हुनुपर्ने, यसअघि भएका सम्झौता कार्यान्वयन हुनुपर्ने बँदरमुढेका नाममा उठाइएको राहत रकम स्पष्ट गरिनु पर्नेलगायतका माग राख्नु भएको थियो ।
विसं २०६२ जेठ २३ गते तत्कालीन विद्रोही नेकपा माओवादीले थापेको विद्युतीय धरापमा परेर सार्वजनिक बसमा सवार ३८ जनाको मृत्यु भएको थियो भने ७२ घाइते भएका थिए ।