P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

मलुककै तेश्रो पर्यटकिय गन्तव्यको रुपमा रहयो सौराहा

चैत १,चितवन ।

मलुककै तेश्रो पर्यटकिय गन्तव्यको रुपमा रहेको सौराहामा १४ बुदे आचारसंहिता शनिवारदेखि लागु सग“ै सुरु भएको घोषण गरिएको छ ।पर्यटन प्रर्वद्धनका लागि जारी गरिएको १४ वुदे आचारसंहिता एक समारोहका रत्ननगर नगरपालिका मेयर नारायण वनले निकुञ्जको पूर्वी सेक्टर पर्यटक सुचना केन्द्रमा आचारसहिता टासेर सुरु गरेका थिए ।

रेष्टरेन्ट एण्ड बार एसोसियसन रेवान सौराहा,क्षेत्रीय होटल संघ चितवन र यहाका पर्यटनसंग आवद्ध विभिन्न संघसस्थाको पहलमा यो आचारसहित निर्माण भएको थियो ।सो अवसरमा मेयर नारायण वनले आचारसंहिता कार्यान्वयन गराउन नगरपालिका प्रतिवद्ध रहेका भन्दै स्थानिय सरकारले लागु नगर्नेलाई कार्वाह गर्ने वताउनु भयो ।

कार्यक्रममा मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुंगानाले समग्र पर्यटन क्षेत्रको विकासका लागि यो आचारसहिता कोसे ढुगां सावित हुने बताउनु भयो ।कार्यक्रममा क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले आपसी सहमतीमा वनाईएको आचारसंहिता कार्यान्वयन भएको भन्दै सुरक्षित तवरले पर्यटकहरु सौराहामा रमाउने बताउनु भयो ।यसअघि आचारसंहिताको टिप्पणी उठाउने काम भएपनि कार्यान्वयन नभएकाले वैशाख १ गतेदेखी कार्यान्वयन गर्ने प्रतिवद्धतासहित सुरु गरिएको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले वताउनु भयो ।

आचारसंहितामा जाडो समयमा रातको ११ वजेसम्म र गर्मी समयमा रातको १२ वजेसम्म रेष्टुरेन्ट तथा पसल खुल्ने समयावधि तोकिएको छ ।ध्वनी प्रदुषणले मानव र जनावरलाई असर गर्ने भएकाले राती १० वजेपछि गीत संगीतका कार्यक्रम वन्द गर्नु पर्ने,पर्यटकले यातायातको साधन प्रयोग गर्दा ध्वनीरहित हुनु पर्ने उल्लेख छ ।

आचारसंहितामा ट्याक्टर, टिपर तथा निर्माण सामाग्री वोक्ने सवारीहरुलाई विहान १० देखी ३ वजे सम्म मात्र प्रवेश अनुमति दिईने, पर्यटन क्षेत्रका बाटोहरुमा पार्किङ गर्न नपाउने, विद्यार्थीहरुलाई पोशाकमा आए कोठा उपलव्ध नगराउने तर अभिभावकहरुको जिम्मेवारी भने उपलव्ध गराउने, स्वीमिङ पुल भएका होटलहरुले लाईफ ज्याकेट,उद्धार सामाग्रीको व्यवस्थापन गर्नु पर्ने लगायत उल्लेख छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal