P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

बिडिसिए क्रिकेट कप: फाइनलमा त्रिपुरा

  • प्रकाशीत मिती

    बैशाख ३, काठमाडाैं

बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिपुरा क्रिकेट क्लब प्रवेश गरेको छ ।आइतबार निङ्गलाशैनी खेल मैदान देहिमाण्डौँमा भएको सेमिफाइनल खेलमा खोड्पे क्रिकेट क्लबलाई १०१ रनले हराउँदै त्रिपुरा उपाधि नजिक पुगेको हो ।

टस जितेर ब्याटिङ गरेको त्रिपुराले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाउँदै २५४ रन बनायो ।दुई सय ५५ रनको विजय लक्ष्य पछ्याउने क्रममा खोड्पेले सबै विकेट गुमाउँदै १५३ रङ मै सीमित रहन पुग्यो ।

त्रिपुराका लागि तेज चन्दले शतकीय पारी खेल्दै ११५ रनको योगदान दिए । महेन्द्र मार्कण्डले ४७ रन बनाए ।बलिङतर्फ खोड्पेका कृष्ण बिष्टले दुई विकेट लिए ।दुई सय ५५ रनको विजय लक्ष्य पछ्याउने क्रममा खोड्पेका रुपक ऐरीले ६४ रन बनाए ।

बलिङतर्फ त्रिपुराका गणेश थापाले तीन विकेट लिए । शतकीय पारी खेलेका त्रिपुराका तेज चन्द म्यान अफ द म्याच भए ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा गत चैत २५ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले रु ३० हजार, उपविजेताले रु २० हजार तथा म्यान अफ द सिरिजले रु पाँच हजार, ट्रफी र प्रमाणपत्र पाउने संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिएका छन् ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
हङकङसँग आज मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
२०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal