नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड ले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको प्रस्ट्याएका छन् ।
पश्चिम चितवनको क्षेत्र नं ३ अन्तर्गत चुनावी प्रचार प्रसार अभियानमा रहेका अध्यक्ष पुष्पकमल दाहालले आज चितवनमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै चुनावपछि मात्रै नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने जानकारी दिएका छन् ।
उनले विचार मिल्ने पार्टीबीच एकता आवश्यक भएको औँल्याउँदै कांग्रेसलाई पनि विचार मिल्नेसँग एकता गर्न सुझाव दिए । चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका दाहालले आफ्नो प्रतिस्पर्धी जिल्लामा कोही नरहेको दाबी गरे।
चितवनका जनताले यहाँको विकासका लागि आफूलाई चाहेको उनको भनाइ थियो । चुनावी प्रचार अभियान र घरदैलो कार्यक्रममा दैनिक रुपमा सक्रिय भएका उनले चितवनको विकासका लागि छिट्टै नै आफ्नो योजना सार्वजनिक गर्ने बताए ।
चितवनमा उनको प्रतिस्पर्धीका रुपमा लोकतान्त्रिक गठबन्धनबाट राप्रपा ९प्रजातान्त्रिक पार्टिका उपाध्यक्ष विक्रम पाण्डे रहेका छन्। पाण्डेले पनि चुनावी अभियान तीव्र पारेका छन्।