P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा सुरु

  • प्रकाशीत मिती

    बैशाख ४, काठमाडाैं


एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बालुवाटारमा सुरु भएको छ। एकताका लागि मिल्न नसकेका विवादका विषयहरु टुंगो लगाउन बैठक बस्न लागेको हो।

एमाले–माओवादी एकता वैशाख ९ का लागि यसअघि चर्चा गरिएपनि उक्त मितिमै हुने प्रति माओवादी नेताहरुले नै शंका गर्न थालेका छन्।

जनयुद्ध र एकता अनुपात लगायतमा कुरा मिल्न नसकेका कारण लामो समयदेखि एकता प्रक्रिया रोकिएको छ। सोमबार दुई पार्टीका अध्यक्षबीच बालुवाटारमा छलफल भएको थियो। उक्त छलफलपछि आजका लागि एकता संयोजन समितिको बैठक बोलाउने निर्णय भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि निवासमा हुन लागेको बैठकले वैशाख ९ मा पार्टी एकता घोषणा हुने वा नहुने विषयमा निश्कर्ष निकाल्ने छ।

केही समयदेखिको संवादहीनताको बीचमा एकता संयोजन समितिको बैठक हुन लागेकाले आजको बैठकलाई चासोका साथ हेरिएको छ। बैठकले जनयुद्धबारेको विवाद, एकता अनुपातको किचलो र चुनाव चिह्नबारेको मतान्तरलाई सुल्झ्याउने अपेक्षा गरिएको छ।

एकता संयोजन समितिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल र माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन्।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal