P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

चैथलीकी ठुली माया तामाङको गोठबाट लागुऔषध बरामद

वैशाख ४,चितवन ।

चितवन प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय भण्डाराले बिशेष सुराकीको आधारमा मंगलबार विहान पूर्वी चितवनको राप्ती नगरपालिका–११ स्थित चैथलीकी ठुली माया तामाङको गोठबाट लागुऔषध बरामद गरेको हो ।

गोठमा खनतलासी गर्दा बोरामा हाली लुकाई राखेको अवस्थामा ११२ किलोग्राम प्रतिवन्धित लागु औषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।यस्तै सो लागु औषध ओसारपसार तथा कारोबारमा संलग्न दुई जनालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राप्ती नगरपालिका वडा नं.११ चैथली बस्ने वर्ष ५० की ठुली माया तामाङ र सोही स्थानका वर्ष २३ का तिलक तामाङ रहेका छन् । उनीहरुलाई लागु औषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको डिएसपी ढकालले बताउनुभयो ।जिल्लामा शान्ती सुरक्षा अमनचयन कायम राख्नका लागि जिल्ला प्रहरी कार्यालय चितवनले अवलम्वन गरेका पाच रणनितिक योजना अनुसार लागु औषध ओसारपसार नियन्त्रणलाई अभियानका साथ अगाडि बढाएको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
कांग्रेसकाे संसदीय दलको बैठक सोमबार बस्दै
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
बालेनले भने – भोटेकोशी बाढीबाट भएको क्षति उद्धार र उपचारको जिम्मेवारी सरकारले लिन्छ

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal