P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टी एकता गर्न सम्भव नभएको स्पष्टता

वैशाख ५,चितवन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैशाख ९ गते नै पार्टी एकता गर्न सम्भव नभएको स्पष्ट पार्नु भएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टर चितवनले वुधवार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले तयारी पुरा नभएकाले बैशाख ९ गते पार्टी एकिकरण हुने सम्भावना टरेको बताउनु भएको छ ।

उहँले भन्नुभयो, गृहमन्त्रीको नेतृत्वमा बनेको कार्यदले बुझाएको प्रतिबेदन माथि हिजोबाट मात्रै गम्भिर छलफल शुरु भएकाले ९ गतेनै सबै टुंगिदैनकी भन्ने हाम्रो ठम्याइ हो । प्रचण्डले संचार माध्यममा आए जस्तो चुनाव चिन्ह,सिद्धान्त र पदका विषयमा टुंगो लागि नसकेको स्पष्ट पार्नु भयो ।उहँले नया बन्ने पार्टीको विधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी प्रस्तुत गर्ने,निर्वाचन चिन्ह के राख्ने र एकताको मोडालिटी के हुने ? भन्ने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो विचमा विहिवार नै गम्भिर रुपमा छलफल हुने बताउनु भयो ।

उहँले पार्टी एकता हुदैनकी भन्ने आशंका नगर्न सबैलाई आग्रह समेत गर्नुभयो । प्रचण्डले बैशाख महिना भित्रै एकता टुंगिने दाबी गर्नुभयो ।अर्काै प्रसंगमा प्रधानमन्त्री केपी शर्मा ओलीमै निर्णयको सर्वा्धिकार भएपनि समन्वय नमिलेकोले माओवादीका मन्त्रीहरुले प्रश्न उठाएको बताउनु भयो । संयुक्त सरकार भएकाले आन्तरिक सल्लाह बाट मात्रै अघि बढ्दा उपयुक्त हुने सुझाव प्रधान मन्त्रीलाई दिएको उहँले स्पष्ट पार्नुभयो । प्रचण्ड विद्यार्थी भर्ना अभियानका लागी चितवन आउनु भएको हो ।

उहाले चितवनको मेघौली स्थित साझापुर माध्यामिक विद्यालयमा अल्पसंख्यक समुदायका दुई बालबालिकालाई भर्ना गर्ने कार्यक्रम रहेको छ ।यसैविच सोही पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री रामवहादुर थापा बादलले यातायात क्षेत्रको सिन्डिकेट पुनः व्युतिन नसक्ने दावी गर्नुभयो । उहँले अवरोध गर्ने व्यवसायीका गाडी कव्जारमा लिएर भएपनि जनतालाई सहजता प्रदान गर्ने बताउनुभयो । ”देशका अन्य क्षेत्रमा पनि सिन्डिकेट भएको उल्लेख गर्दै गृहमन्त्री थापाले भन्नुभयो,यो शुभारम्भ हो क्रमश अन्य क्षेत्रमा पनि जान्छौं ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal