P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

पर्यटकीय क्षेत्र सौराहामा पहिलो पटक पाटे बाघ दौड प्रतियोगिताको आयोजना

वैशाख ५,चितवन ।

 

 

पर्यटकीय क्षेत्र सौराहामा पहिलो पटक पाटे बाघ संरक्षणमा लागि बाघ दौड प्रतियोगिता आयोजना गरिएको छ ।सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने सरकारी लक्ष्य पुरा गर्ने उद्देश्यले चेतना फैलाउन २३औं वन्यजन्तु सप्ताहरुको अबसरमा वुधवार सौराहामा बाघ दौड प्रतियोगिता गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहमा पहिलो पटक बाघ संरक्षणमा सचेतना फैलाउन वुधवार दौड प्रतियोगिता आयोजना गरिएको बाघ संरक्षण उपसमितिका अध्यक्ष जीतु तामाङ्गले जानकारी दिनुभयो ।तामाङले बाघ बसेको क्षेत्र हरेक दृष्टिले महत्वपूर्ण हुने भनदै यसतर्फ सबैको ध्यान दिन राज्य र सबै अग्रसर हुनुपर्ने बताउनु भयो ।बाघ दौड प्रतियोगिताको एक समारोहका विच उद्घाटनका क्रममा पुर्व अर्थमन्त्री तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले आफु मन्त्रिहुदा बाघ संरक्षणका लागि रु ५० कोड विनियोजन गरेको स्मरण गर्दै गैंडा मात्रै होइन बाघका लागि पनि चितवन उत्कृष्ट जिल्लाको रुपमा पहिचान दिलाउनु पर्ने जोड दिनुभयो ।

कतिपय प्रजाति लोप हुने अबस्थामा छन् , बाघको आहारा भएन भने हराउन पनि सक्छ, पाण्डेल भन्नु भयो , हरेक प्राणि बाच्नुपर्छ, त्यो पुथ्वीको सौन्दर्य हो ।’सो क्रममा बोल्दै चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले पारिस्थितिक प्रणालीको सूचक बाघ भएको बताउदै संरक्षणमा सबैको हातेमालो जरुरी रहेको बताउनु भयो । संरक्षणकर्मी तथा मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगानाले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य नजिक पुगेका बताउनु भयो ।

बाघका लागि दौड’ भन्ने नारासहित वुभवार सौराहामा भएको ४ किलोमिटर दौड प्रतियोगितामामा सौराहा डोजाङका अमृत श्रेष्ठ प्रथम, बटुकदल गणका रणबहादुर अधिकारी दोस्रो, सौराहा डोजाङ कै रोमित राउत तेस्रो र बटुकदल गणकै सञ्जय राईले सान्त्वना स्थान प्राप्त गरेका छन् । दौडमा २० जनाको सहभागिता रहेको थियो ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal