P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

चलचित्र पत्रकार संघको कार्यशाला गोष्ठीमा आचारसंहिताको कुरा

  • प्रकाशीत मिती

    बैशाख १०, काठमाडाैं


चलचित्र पत्रकार संघ, नेपालले आयोजना गरेको एक दिने कार्यशाला गोष्ठीमा चलचित्र पत्रकारहरुले पेशागत मर्यादा बढाउन पत्रकार आचारसंहिता पालानामा जोड दिएका छन् । काठमाण्डौंमा आयोजना गरिएको कार्यक्रममा कला क्षेत्रमा पत्रकारिता गर्दै आएका १ सय १० जना संचारकर्मी सहभागी थिए ।

अनलाइन पत्रकार संघका संस्थापक अध्यक्ष केपी ढुंगानाले सहभागीहरुलाई अनलाइन पत्रकारिता र आचारसंहिताबारे प्रशिक्षण दिएका थिए भने फोटो पत्रकार संघका अध्यक्ष विकास कार्कीले फोटो पत्रकारितासम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा पत्रकार आचारसंहिता, अनलाइन पत्रकारिताको विकास र वर्तमान अवस्था, प्रेस कानुन र विद्युतीय कारोबार ऐन, बढ्दो युट्युबकारिता, त्यसको प्रभाव र चुनौती, फोटो खिच्ने कला र कपिराइट कानुन लगायतका विषयमा छलफल भएको थियो ।

‘पेशाको मर्यादा राखे मात्र पेशामा संलग्नको पनि मर्यादा रहने हो,’ ढुंगानाले भने ‘अनधिकृतरुपमा समाचार, तस्बिर, भिजुअल कपी गरेर प्रकाशन प्रशारण गर्ने र विज्ञापनलाई समाचारको रुपमा प्रस्तुत गर्ने शैलीबाट सञ्चारकर्मी जोगिनुपर्छ ।’

कार्यक्रमका अर्का प्रशिक्षक विकास कार्कीले फोटो र दृश्य खिच्दा अपनाउनुपर्ने सावधानी नअपनाउँदा पत्रकारिताकै खिल्ली उड्ने गरेको भन्दै कुन अवस्थामा कसरी तस्बिर र दृश्य खिच्ने भन्ने बिषयमा प्रशिक्षण दिएका थिए ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
बालेन साहले ‘आदिपुरुष’ बाट ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटे महानगरभित्र हिन्दी चलचित्र चल्न नदिने
निहारिका राजपूत र शिवराज श्रेष्ठ विवाह बन्धनमा बाँधिए
म अग्लो भए कारण स्कुलमा धेरै कुटाई खान्थे : अमिताभ बच्चन
४ करोड ८४ लाख फिर्ता माग्दै सन्तोष सेनविरुद्ध निर्माता संघमा पर्‍यो उजुरी
प्रभाससँग प्रेम सम्बन्धको बारेमा कृतिले गरिन् खुलासा
चलचित्र ‘महापुरुष’ ले कति कमायो ?

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal