P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

सगरमाथाकाे सफाई अभियानमा लाग्न प्रधानमन्त्री आह्वान

  • प्रकाशीत मिती

    बैशाख १०, काठमाडाैं

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफाई अभियानमा लाग्न सबैलाई आह्वान गरेका छन्।

प्रधानमन्त्री ओलीले सगरमाथाको सफाई अभियानलाई साझा अभियानको रुपमा संचालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई सुझाव दिएका छन्।

पासाङ ल्हामू पर्वतारोहण प्रतिष्ठानको रजत दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीद्ये विश्वको सर्वोच्च शिखर सगरमाथालाई स्वच्छ र सफा राख्न तथा त्यसको पवित्रतालाई जोगाउन सबैको साझा, संगठित र उद्देश्यमूलक प्रयास हुनुपर्ने आवश्यक्ता पनि औंल्याएका थिए।

प्रधानमन्त्री ओलीले फोहोरकै कारण सगरमाथाको आरोहण अवरुद्ध हुने अवस्था आउन नदिन पनि मातहतका निकायको गम्भिर ध्यानाकर्षण गराएका थिए। उनले सावधानीपूर्वक सगरमाथा आरोहण गर्न पनि आग्रह गरेका थिए। सरकारले सगरमाथा आरोहण गर्ने क्रममा हुने जोखिम न्यूनिकरणमा विशेष जोड दिने प्रधानमन्त्री ओलीको भनाई छ।

प्रधानमन्त्री ओलीले मुलुकको पर्यटन क्षेत्रको विकासमा पर्वतारोहण आरोहणले महत्वपूर्ण योगदान दिएको पनि स्मरण गराएका थिए। त्यस अवसरमा उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्हामू शर्पाको योगदानको पनि चर्चा गरेका थिए।

पासाङ ल्हामु शेर्पाको २०५० साल वैशाख १० गते सगरमाथाको सफल आरोहणपछि फर्कने क्रममा निधन भएको थियो।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal