P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

दिल्लीको निरन्तर हार, पन्जाब शीर्ष स्थानमा

  • प्रकाशीत मिती

    बैशाख ११, काठमाडाैं


(एजेन्सी) ,  नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको टिम दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा खराब प्रदर्शन जारी राखेको छ । आईपीएलमा खराब लय कायम राख्ने क्रममा दिल्ली सोमबार राति घरेलु मैदानमै किंग्स इलाभेन पन्जाबसँग ४ रनले पराजित भएको छ ।

दिल्लीको लिगमा यो छैटौं खेलमा पाँचौ हार हो । लिगमा मात्र २ खेल जितेको दिल्ली लिगको पुछारमा रहेको छ । यता, पन्जाबको यो पाँचौ जित हो । पन्जाब ६ खेलबाट ५ जितसहित १० अंक जोडेर शीर्ष स्थानमा समेत उक्लिएको छ । पन्जाबले ८ अंक जोडेको चेन्नई सुपर किंग्सलाई पछि पारेको हो ।

दिल्लीस्थित फिरोज साह कोट्ला स्टेडियममा पन्जाबले दिएको १४४ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि श्रेयस आयरले ५७ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

यस्तै दिल्लीका राहुल टेवाटियाले २४, पृथ्वी पंकजले २२ र ग्लेन म्याक्सवेलले १२ रन जोडे । दिल्लीलाई कम स्कोरमा रोक्न पन्जाबका मुजिब उर रहमान, अंकित राजपुत र एन्ड्रयु टेले समान २ – २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४३ रन जोडेको थियो । विस्फोटक ब्याट्सम्यान क्रिस गेलबिना मैदान उत्रेको पन्जाबको लागि करुण नायरले ३४, डेभिड मिलरले २६ तथा लोकेश राहुलले २३ रन जोडे । यस्तै मायांक अग्रवालले २१ रन जोड्दा युवराज सिंहले १४ रन जोडे । दिल्लीका लिआम प्लुंकेटले ३ विकेट लिदा आभेस खान र ट्रेन्ट बोल्टले समान २ – २ विकेट लिए ।

यो हारसँगै दिल्लीको प्ले अफ पुग्ने सम्भावना कमजोर बनेको छ । यो सिजन पन्जाबसँग दिल्लीको लगातार दोस्रो हार हो । दिल्ली पहिलो खेलमा पन्जाबसंग उसैको मैदानमा ६ विकेटले हारेको थियो ।

यस्तै दिल्लीको टोलीमा रहेका लेग स्पिनर सन्दिपले मैदान उत्रने मौका समेत पाएका छैनन् । अघिल्ला पाँच खेलमा टिममा पर्न असफल सन्दिप पन्जाबविरुद्ध टिममा नपरेका हुन् । चार विदेशी खेलाडी मैदान उतार्न मिल्ने खेलमा दिल्लीले विदेशी खेलाडीमा लिआम प्लुंकेट, ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ड र ड्यानियल क्रिस्टेयनलाई टिममा राखेको थियो ।

घरेलु मैदानमा दिल्लीलाई हराएसँगै पन्जाबले प्ले अफमा स्थान बनाउने सम्भावना प्रवल बनाएको छ । लिगको शीर्ष चार भित्र रहने टोलीले अफमा स्थान बनाउने छन् ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
हङकङसँग आज मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
२०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal