P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

केन्द्रीय कार्यसमितिको नटुंगीने संकेत, देउवा र पौडेलबीच छलफल जारी

  • प्रकाशीत मिती

    बैशाख १६,काठमाडाैं

 


नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्रीले प्रस्तुत गर्ने भनिएको प्रतिवेदनमा सहमति जुटाउने प्रयास जारी छ । सहमतिका लागि सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेताबीच अहिले छलफल चलिरहेको छ ।

महामन्त्रीले प्रस्तुत गर्ने मस्यौदामा सहमति हुन नसक्दा शनिबार बस्ने भनिएको बैठक बस्न सकेन । आज बिहान ९ बजेका लागि तय भएको बैठक ११ बजे सम्म औपचारीक रुपमा शुरु भएको छैन । चुनावी हारको समीक्षा, जिल्ला सभापतिको भेला, महासमिति बैठक बोलाउने, विधान संशोधनका विषय तथा आगामी रणनीति तय गर्न भन्दै बोलाइएको बैठकमा केन्द्रीय सदस्यहरुले शुक्रबार नै आफ्नो धारणा राखिसकेका छन् ।

गत चैत ९ देखि जारी बैठकमा झन्डै ७० जनाले आफ्नो धारणा राखेका थिए । बैठकमा उठेका जिज्ञासाको सभापति देउवाले जवाफ दिने छन् । शुक्रबार नै पदाधिकारीले जवाफ दिएर बैठक अन्त्य गर्ने बताइए पनि सहमतिका लागि शनिबारसम्म समय बढाइएको थियो । शनिबार बिहान ९ बजेका लागि तय गरिएको बैठक बस्न नसकेपछि शीर्ष नेताहरूले दिउँसो ३ बजेदेखि अनौपचारिक छलफल गरेर सहमतिको प्रयास गरेका थिए ।

सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको थियो । बैठकमा उठेका धारणाहरुलाई समेटेर महामन्त्रीले प्रस्तुत गर्ने प्रतिवेदनमा नेताहरुबीच सहमति जुट्न नसकेको हो । आज बस्ने बैठकमा सहमति जुटाएर महामन्त्री डा शशांक कोइरालाले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यक्रम छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal