P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

एसिसी यू–१९ एसिया कप नेपालले मलेसियालाई ८ विकेटले पराजित

२८, कार्तिक काठमाडौं ।
एसिसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सानदार जित हात पारेको छ । नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । ४५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ५।३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको छ ।

नेपालका लागि ओपनर अनिल कुमार साहले नटआउट २६ रनको योगदान दिए । १५ बल खेले लिए । टस हारेर पहिले ब्याटिङमा उत्रिएको घरेलु टोली मलेसियाका लागि सैफ उल्लाह मल्लिकले १३ आजिद सायद मुबारकले १२ रना बनाउनु बाहेक अन्यले दोहोरो अङक छुन सकेनन् । ५।४ ओभरमा ३३ रन बनाएको मलेसियाले त्यसपछि १२ रन जोड्दा आफ्ना सबै विकेट गुमायो ।

कप्तान दीपेन्द्रसिंह ऐरी ३ बलमा १२ रन जोडेर आउट भए। उनले २ छक्का प्रहार गरेका थिए। त्यसअघि ओपनर आसिफ शेख ४ रनमा आउट भए। त्यसअघि मलेसियाको बायुमास ओभलमा वर्षाले प्रभावित खेलमा पहिले ब्याटिङ गरेको घरेलु टिम १५ दशमलब ३ ओभरमा ४५ रनमा अलआउट भयो।

 

मलेसियाको इनिङ ध्वस्त पार्न नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए। साहब अलाम र कप्तान दीपेन्द्रसिंह ऐरीले २–२ विकेट हात पारे। अनिलकुमार साहले १ विकेट लिए। नेपालले टस जितेर मलेसियालाई पहिले ब्याटिङको निम्तो दिएको थियो। खेल वर्षाले प्रभावित भएपछि २४ ओभरमा घटाइएको थियो।

सुरुवाती ५ ओभरमा मलेसियाले राम्रो ब्याटिङ गरे पनि नेपालले छैटौं ओभरमा पहिलो सफलता हात पार्योे। अनिलकुमार साहले छैटौं ओभरमा मलेसियाका कप्तान विरनदीप जगजित सिंहलाई १० रनमा आउट गरे ।
सातौं, ओभरमा कप्तान दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए। ऐरीले २० रन बनाएर खेलिरहेका सइद मुबारकालाई किशोर महतोबाट क्याच गराए भने सौभिन्दर सिंहलाई शून्य रनमा आउट गरे।

आठौं ओभरमा सन्दीप लामिछानेले मोहम्मद हफिजलाई एलबिडब्लुको धरापमा पारे। त्यसपछि साहब अलामले लगातार २ विकेट लिएका थिए भने एक विकेट सन्दीपले हात पारे ।
समूह ुएुकै अर्को खेलमा भारत र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ। खेलको नजितापछि नेपालको सेमिफाइनल यात्रा तय हुनेछ ।बंगलादेश विजयी भए नेपाल सिधै सेमिफाइनल पुग्नेछ। भारत विजयी भएमा रनरेटका आधरमा सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्नेछ ।

 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal