P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

लिभरपुल ११ बर्षपछि च्याम्पियन्स लिगको फाइनलमा


एजेन्सी । इन्ग्लिश क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इटालियन क्लब रोमासँग ४ – २ गोलले पराजित भएपनि समग्रमा ७ – ६ को जित निकाल्दै लिभरपुल उपाधि नजिक पुगेको हो ।

रोमाको घरेलु मैदानमा भएको दोस्रो लेगमा सुरुवाती अग्रता लिएपनि लिभरपुल पराजित भएको थियो । तर, लिभरपुललाई घरेलु मैदानमा भएको पहिलो लेगमा निकालेको फराकिलो जित नै फाइनलमा पुग्न प्रयाप्त रह्यो । लिभरपुलले पहिलो लेगमा रोमालाई ५ – २ गोल अन्तरले हराएको थियो ।

घरेलु मैदानमा रोमालाई जित दिलाउन राड्जा निंगोलनले दुई गोल गर्दा इडेन डेज्कोले एक गोल गरे । रोमाले एक गोल आत्मघाती उपहार पाएको थियो । लिभरपुलका जेम्स मिल्नरले आत्मघाती गोल गर्दा साडियो माने र जर्ज्निियो विज्नाल्डमले एक एक गोल फर्काए ।

बम
रोमस्थित ओलम्पिक स्टेडियममा मानेले खेलको नवौं मिनेटमा गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको १५ औं मिनेटमा लिभरपुलका मिल्नरले आत्मघाती गोल गर्दा खेल १ – १ को बराबरीमा पुग्यो । खेलको २५ औं मिनेटमा विज्नाल्डमले गोल गर्दै पहिलो हाफमा लिभरपुललाई २ – १ को अग्रता दिलाए ।

दोस्रो हाफमा भने रोमा खेलमा फर्कियो । खेलको ५२ औं मिनेटमा डेज्कोले गोल गर्दै खेल २ – २ को बराबरीमा ल्याए । खेलको ८६ औं मिनेटमा निंगोलनले गोल गर्दै रोमालाई ३ – २ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा निंगोलनले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै रोमालाई ४ – २ को जित दिलाए । तर, पहिलो लेगमा फराकिलो हार बेहोरेको रोमालाई फाइनलमा पुग्न यो जित पर्याप्त रहेन ।

रोमालाई समग्रमा हराएसँगै लिभरपुल ११ बर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । लिभरपुलले पछिल्लो समय सन् २००७ को सिजनमा फाइनल खेलेको थियो । फाइनलमा लिभरपुल इटालियन क्लब इन्टर मिलानसँग पराजित भएको थियो ।

अब लिभरपुलले फाइनलमा साबिकको विजेता रियल मड्रिडसँग खेल्ने छ । स्पेनिस जाइन्ट रियल जर्मन क्लब वायर्न म्युनिखलाई हराउदै फाइनलमा पुगिसकेको छ । लिभरपुल र रियलबिचको फाइनलम खेल मे २६ मा युक्रेनको किभमा हुनेछ ।

यो फाइनललाई सन् १९८१ को फाइनलसँग समेत तुलना गर्न थालिएको छ । उक्त सिजन लिभरपुलले फाइनलमा रियललाई १ – ० ले हराएर उपाधि उचालेको थियो । रियलले अहिलेसम्म १२ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ भने लिभरपुलले ५ पटक जितेको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
हङकङसँग आज मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
२०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal