P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

मोदी आउने भएपछि जनकपुरमा के–के हुँदैछ स्वागतको तयारी

  • प्रकाशीत मिती

    वैशाख २६ , काठमाडौं ।

 

file photo

जनकपुरमा के–के हुँदैछ थाहा पाउनुभयो भने पक्कै पनि अचम्म लाग्ला । हिजोका मितिसम्म प्रदेश सरकारहरु माथिबाट एकसुका आएन, बजेट भएन र खर्चको अख्तियार पनि पाइएन भन्दै थिए ।

तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएपछि अहिले जनकपुरमा मेसिनबाट नोट छापेर बिस्कुन फुकाएसरी खर्च भएको देखिदै छ । जबकि अहिलेपनि केन्द्र सरकारले त्यहाँ पैसा पठाएको छैन ।

सानाभन्दा सानो काम गर्न पनि प्रदेश सरकारले स्रोत, साधनको अभाव देखाउने, चोक चोकमा बत्ती फिट गर्न र शौचालयमा फिनेल राख्नसमेत पैसा छैन भन्ने गर्दै आएकोमा मोदीको स्वागतार्थ छक्कै पर्ने गरी पूरै जनकपुर रंगिएको छ । जानकी मन्दिर जाने मुख्य सडकको दायाँबायाँका सबै घर एउटै रङले रंगिएका छन् ।

जबकि घरबेटीले त्यसनिम्ति पैसा खर्च गरेको छैन । सडकका पर्खालहरु सेता र घरहरुमा पहेँलो रङ पोतिएका छन् । भित्ताहरुमा मधुवनी आर्ट्समा पेन्टिङसमेत गरिएको छ । जबकि घरका भित्तामा सजाइने आधी भिटरको एउटै पेन्टिङ तयार पार्न पनि दुई हजार रुपैयाँ खर्च लाग्छ ।

स्रोतका अनुसार दूतावासबाट सिधै कोष प्राप्त गर्ने त्यस्ता क्लबहरुलाई बाँडन भारत सरकारले राम्रै व्यवस्थापन मिलाएको बुझ्न गाह्रो छैन । अझ रमाइलो त यो छ कि यसचोटि जनकपुरमा मोदी पक्कै आउँछन् भन्ने देशवासीले भर्खरै थाहा पाए तर टाठाबाठाले त्यहाँका केही बासिन्दाचाहिँ पहिले नै यसबारे सुसूचित रहेछन् ।

राज्य हुनु र नहुनुको आभाष र अनुभूति भ्रमणको तयारीमा गरिएको स्रोत साधन परिचालले मात्रै होइन कि त्यहाँ स्वागत गर्न आतुरहरुमा देखिएको अनुपम एकताले प्रष्ट्याएको छ । सरसफाइ र वातावरणको नाममा दृष्य अदृष्य पैसा त ओइरिएको छ । विमलेन्द्र निधि र राजेन्द्र महतो जस्ता विपरीत ध्रुवका मानिस पनि झाडु बोकेर मोदी स्वागतमा खटिएका छन् ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal