स्पेनिस राफायल खेल नाडालले तोडे ३४ वर्ष पुरानो कीर्तिमान
प्रकाशीत मिती
बैशाख २८, शुक्रबार
एजेन्सी । विश्व नम्बर एक स्पेनिस राफायल नाडाल मड्रिड ओपनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बिहीबार राति भएको तेस्रो चरणको खेलमा अर्जे्न्टिनाका डिएगो श्वार्टजमेनलाई पराजित गर्दै नाडालले क्वाटरफाइनल यात्रा तय गरेका हुन् ।
क्ले कोर्टका बादशाह नाडालले श्वार्टजमेनलाई ६ – ३ र ६ – ४ को सेटमा पराजित गरे । योसँगै नाडालले क्ले कोर्टमा लगातार ५० औं सेटमा जित निकाल्दै किर्तिमान कायम गरेका छन् । नाडालले अमेरिकी खेलाडी जोन मैक्रोईले ३४ बर्षअघि बनाएको रेकर्ड तोडेका हुन् । मैक्रोईले सन् १९८४ मा लगातार ४९ सेट जित्दै किर्तिमान बनाएका थिए ।
मड्रिड ओपनमा पाँच पटकको च्याम्पियन ३१ बर्षिय नाडालले अब क्वाटरफाइनलमा अष्ट्रियाका डोमिनिक थिमसँग खेल्ने छन् । थिमले क्रोएसियाका बोर्ना कोरिकलाई २ – ६, ७ – ६ ९७ – ५० र ६ – ४ को सेटमा हराएर नाडालसँगको भेट पक्का गरेका थिए ।
महिलातर्फ छैटौं बरियताकी कारोलिना प्लिस्कोभाले सेमिफाइनलमा स्थान बनाएकी छिन् । चेक गणतन्त्रकी प्लिस्कोभाले क्वाटरफाइनलमा विश्व नम्बर एक सिमोना हालेपलाई ६ – ४ र ६ – ३ को सेटमा हराएकी हुन् ।