नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् ।
शनिबार बिहान नेपाल सेनाको हेलिकप्टरबाट उनी मुक्तिनाथ मन्दिर आइपुगेका उनले करिव २० मिनेट मन्दिर भित्र पुजा अर्चना गरे । प्रधानमन्त्री मोदी शनिबार बिहान ७:५५ मा मुक्तिनाथ मन्दिर नजिकैको हेलिप्याडमा उत्रिएका थिए।
मुख्य मन्दिरभित्र पूजारी कृष्णप्रसाद सुवेदीलेमन्त्रोच्चारण गरेका थिए प्रधानमन्त्री मोदीलेपुजा गरेका थिए।
उनको स्वागतमा विछयाइएको रातो कार्पेट र बनाइएका स्वागत द्वारलाई पार गर्दै मोदी १० मिनेट हिँडेर मन्दिरभित्र प्रवेश गरेका छन्।
मुक्तिनाथ परिसर तल रहेको रानीपौवा बजारदेखि नै सुरक्षा जाँच कडा पारिएको छ। उनको स्वागतका लागि स्थानीयवासी परम्परागत वेशभूषासहित उपस्थित भएका छन्। उनीहरुले खादा दिएर स्वागत गरेका छन्।
मुक्तिनाथ क्षेत्र विकास समितिले उनलाई शालिग्राम उपहार प्रदान गर्ने छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको तर्फबाट मोदीलाई ताम्रपत्र प्रदान गर्ने बताइएको छ।
मन्दिरको दायाँतर्फ ७ आनी र लामा हिराबहादुर ठकुरीले स्वागत गरे भनेबायाँतर्फ ५ पण्डितले बसेर मन्त्रोच्चारण गरे।मुख्य मन्दिरभित्र पूजारी कृष्णप्रसाद सुवेदी, आनी कर्साङ टासी र नरेन्द्र मोदी मात्रै पूजामा सरिक छन्।