P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुख एसपि दिपक थापाको विदाइ,उत्कृष्ट काम गर्ने १ सय ११ प्रहरी कर्मचारीलाई पुरस्कृत

  • प्रकाशीत मिती

    चितवन, वैशाख ३०

जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुख बाट विदा भएर जान लागेका प्रहरी उपरिक्षक दिपक थापाले आफ्नो कार्यकालको उपलब्धी सार्वजनिक गरेका छन् । आइतवार कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाले अपराध नियन्त्रण,अनुसन्धान र जिल्लाको सुरक्षा मजबुत बनाउन सफल भएको दावी गर्नुभयो ।

उहाले भने,मानवअधिकारको संरक्षण गर्दै गैरकानुनी र अपाराधजन्य क्रियाकलाप नियन्त्रण गर्ने काम मेरो कार्यकालमा भएको छ’, प्रहरीको कामबाट सेवाग्राही सन्तुष्ट छन् ।” यो अवधीमा प्रहरीले निष्पक्ष रुपमा जनताको काम छिटो छरितो बनाएको उहाले बताउनु भयो । प्रविधीमैत्री प्रहरी अनुसन्धान,प्रहरी हाम्रो टोलमारप्रहरी मेरो साथी अभियानको निरन्तरता, ट्राफिक नियम पालनामा बृद्धी,भन्सार चोरी पैठारीमा, चन्दा आतंक, टेलीफोन धम्की जस्ता घटनामा र गुण्डागर्दी तथा लागुऔषध अपराधमा कमी आएको उपरिक्षक थापाको दाबी छ ।

प्रहरीको सक्रियताकै कारण कालोबजारी,भूमाफिया र दलालहरुको समेत अन्त्य हुदै गइरहेको बताउनु भयो ।प्रहरी संगठन सुदृढ बनाउन विभिन्न योजना र अवधारणका साथ काम गरिएको उहाले जानकारी दिनुभयो ।

विभिन्न तहका निर्वाचन सम्पन्न गर्न प्रहरी संगठनले महत्वपूर्ण भूमिका खेलेको थापाको भनाई छ । उहाले प्रहरी संगठनलाई मजबुत बनाउन विभिन्न क्षेत्रमा प्रहरी कार्यालयको भौतिक संरचना निर्माणको कामलाई तिव्रता दिइएको बताउनु भयो ।

आर्थिक बर्ष २०७४÷७५ को हालसम्म उत्कृष्ट काम गर्ने १ सय ११ प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको र ११ जनालाई कारवाही गरिएको थापाले जानकारी दिनुभयो ।

यो आबमा ५ जनाले नियमावली अनुसार अवकास लिएको र १७ जनाले घरायसी कारण देखाई राजिनामा दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीको क्षमता अभिवृद्धी गर्न ५ सय ४३ प्रहरीलाई तालिम दिइएको छ । जिल्ला प्रहरी कार्यालयले यो अबधिमा अधिकांस मुद्धा पछ्र्याैट गरेको जनाएको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal