पुत्रशोकपछि चुनावी सभामा प्रचण्ड,सम्बोधन भने नगर्ने
मंसिर ५, चितवन ।
शक्ति प्रदर्शनसहितको आमसभा गर्ने तयारी गरिए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधनका कारण यसलाई श्रद्धाञ्जली सभाको रूपमा आयोजना गर्न लागिएको निर्वाचन परिचालक समिति चितवनका उपसंयोजक देवी ज्ञवालीले जानकारी दिए।
देशका विभिन्न १४ शहरमा आमासभा गर्ने योजनासहित चुनावी अभियान चलाइरहेको वाम गठबन्धानले मंगलबार केन्द्रीय नेताहरूको सहभागितामा चितवनमा बृहत चुनावी सभा गर्दैछ।
यसअघि पूर्व र पश्चिमका केही जिल्लामा आमसभा गरिसकेको गठबन्धनले आज चितवनमा बृहत सभा गर्न लागेको हो। मध्याह्न १२ बजेदेखि कार्यक्रम शुरु हुने ज्ञवालीले जानकारी दिए।
उनका अनुसार केन्द्रीय बस टर्मीनल भरतपुरमा हुन लागेको सभामा मूलतः चितवनका तीनवटै निर्वाचन क्षेत्रका एमाले र नेकपा माओवादी केन्द्रका नेता, कर्याकर्ता तथा गठबन्धनमा आस्था राख्ने अरु दलका प्रतिनिधिको समेत उपस्थिति रहने छ।
ज्ञवालीका अनुसार पुत्र शोकमा परेका चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रचण्ड उपस्थित भए पनि बोल्ने कार्यक्रम भने राखिएको छैन।
सभाको शुरुमा प्रकाश दाहालप्रति श्रद्धाञ्जली अर्पण गरिने र त्यसपछि एमालेका अध्यक्ष केपी ओली, माओवादी केन्द्रका नेता रामबहादुर थापा ुबादलु र मातृका यादव, चितवन क्षेत्र नम्बर १ र २ मा वाम गठबन्धनबाट प्रतिनिभिसभाका सदस्यका उम्मेदवारद्वय सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेलले सम्बोधन गर्ने गठबन्धनले जनाएको छ।
सभालाइ मध्यनजर गरी प्रहरीले चितवनको सुरक्षा व्यवस्था कडा पारेको छ भने तोकिएको क्षेत्रमा मात्रै पार्किङ गर्न सूचना जारी गरेको छ ।