सर्वोच्च अदालतमा बम नरहेको कुरा प्रहरीले पुष्टि गरेको छ ।
अज्ञात व्यक्तिले सर्वोच्च अदालतको प्रवक्ताको कार्यकक्षमा टेलिफोन गरेर बम रहेको भनेपछि अदालतभित्र आतंक सिर्जना भएको थियो। घटनाबारे जानकारी पाएपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारको टोली र प्रहरीकै बम डिस्पोजल टोली सर्वोच्च अदालत पुगेको थियो।
तर शंकास्पद वस्तु केही नभेटिएको सिंहदरबार वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। ुहामीले त केही भेटेनौं, उनले भने ुफेक कल पनि हुन सक्छ।
उनले सर्वोच्चमा बम छ भनेर गलत जानकारी दिएको हुनसक्ने बताए। बम रहेकको जानकारी पाएपछि शंकास्पद वस्तुको खोजीका लागि प्रहरीले तालिमप्राप्त कुकुर परिचालन गरेको थियो। बम रहेको हल्ला चलेपछि सर्वोच्च अदालतमा इजलास पनि स्थगित गरिएको थियो।
मंसिर ५, काठमाडौं ।