अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङको महत्वपूर्ण भेटवार्ता भोली हुँदै
शेयर गर्नुहोस् >>
प्रतिकृया दिनुहोस
संबन्धित समाचार








महत्वपूर्ण भेटवार्ताका लागि दुई शक्तिशाली राष्ट्र अमेरिकी राष्ट्रपति डोल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन् ।
यी दुई नेताबीच मंगलबार ऐतिहासिक भेटवार्ता हुँदैछ । ट्रम्प र किमको बहुप्रतिक्षित वार्ता मंगलबार सेन्तासा आइल्याण्डमा रहेको होटल क्यापेलामा हुनेछ ।
बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीचको यो भेट पहिलो हुनेछ । यो वार्ताले अमेरिकासँग नयाँ सम्वन्ध स्थापित हुने विश्वास लिइएको उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले जनाएको छ ।
भेटवार्ताका लागि सिंगापुर पुग्दा ट्रम्प र किमलाई सिंगापुरमा रहेका गोर्खा प्रहरीले सुरक्षा दिनेछन् । यस्तै भेटवार्ताको सबै खर्च सिंगापुर सरकारले व्यहोर्नेछ । भेटवार्ताका लागि कुल एक अर्ब ६० करोड रुपैयाँ खर्च लाग्ने सिंगापुर सरकारले जनाएको छ ।
सिंगापुर सुरक्षित र तटस्थ भुमि भएकाले दुई शक्तिशाली राष्ट्रका नेताहरुबीच वार्ता हुन लागेको हो ।