P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

दुई ठूला देशको बीचमा रहेको नेपाल संभावनाले पनि केन्द्रविन्दु रहेको प्रचण्डको भनाई ,पुरा पढनु होला ?

  • प्रकाशीत मिती

    चितवन, जेठ ३०

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ले देश र जनताको पक्षमा काम गर्न सके हिजोका सबै पाप पखालिने बताउनु भएको छ ।चितवनको भरतपुरमा पार्टी कार्यकर्तालाई बुधबार विहान प्रशिक्षण दिदै अध्यक्ष दाहालले महान् उद्देश्यका साथ पार्टी एकीकरण गरिएको भन्दै एकताको महासागरमा पौडिएर विगतका गल्तीको पाप पखाल्ने सुनौलो अवसर भएको बताउनु भयो ।

उहाले भन्नुभयो, महासागरमा नुहाएर आएपछि पाप पखालिन्छ भने जस्तै विगतमा पाप गरिएको छ भने पनि मोक्ष प्राप्त गर्ने यो महत्वपूर्ण अवसर हो, एकताको महासागरले हिजोका सबै पाप पखालिने छ ।”

पार्टी एकीकरण हिजोको मैलो धैलो पखाल्ने अवसर समेत भएको उहाले बताउनुभयो ।अध्यक्ष दाहालले पार्टी एकीकरणलाई अवसरको रुपमा लिदै गुटबन्दी अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाले भन्नुभयो,– ‘हिजो दुवै पृष्ठभुमिको पार्टीमा समस्या थियो,

त्यतिबेलाका नराम्रो कुरासंगै गुट पनि लिएर आएका छौं, अन्तरघात गर्ने काम पनि गर्न छाडेका छैनौं, व्यक्तिगत स्वार्थका लागि मरि मेट्ने चिन्तन पनि हामीसंग छ, यसले न पार्टीको भलो गर्छ न देश र जनताको ।”अध्यक्ष दाहालले राष्ट्रलाई समाजबाद तर्फ लैजान एकतावद्ध भएर काम गर्नुको विकल्प नभएको उद्घोष गर्नुभयो ।

जनताले दुई कम्युनिष्ट पार्टी एक भयो भन्दैमा छुट नदिने भन्दै राम्रो काम गरे मात्रै जनताको साथ पाउने उहाले बताउनु भयो । यसअघिका गल्ती कमीकमजोरीलाई दोहोराउदै गयौं भने फेरी जनताले सराप्ने दिन आउन नदिन सचेत बन्न कार्यकतालाई निर्देशन दिनुभयो ।विश्वमा रक्षात्मक रहेको कम्युनिष्ट आन्दोलन नेपालमा आक्रमक भएको भन्दै शासन सत्ता हातमा लिएर विश्वको कम्युनिष्ट आन्दोलन लाई नयँ दिशा तर्फ लैजाने उद्घोष गर्नु भयो ।

दुई ठूला देशको बीचमा रहेको नेपाल संभावनाले पनि केन्द्रविन्दु रहेको प्रचण्डको भनाई छ ।यस्तै वुधवार विहान एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले वर्तमान सरकार पांच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताउनु भयो ।

भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा निर्मित शहीद शिवराम स्मृति प्रतिमाको अनावरण गर्दै उहांले भन्नुभयो,–अब विकास र समृद्धिको बाटोमा हिडेर समाजवादमा पुग्ने लक्ष्य हामीले लिएका छौ ।”स्थानीयवासी शिवहरि तिमिल्सिना विसं २०६० फागुन १७ गते रुपन्देहीमा र रामकृष्ण तिमिल्सिना २०६९ असोज १७ गते स्याङ्जामा मारिएका थिए ।

उनीहरुकै नामबाट चोकको नामकरण गरी प्रतिमा निर्माण गरिएको हो ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal