P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

युएईसँग दोस्रो चरणमा नेपालको २० खेलाडी छनोट

मंसिर ६, काठमाडौं ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसँगको खेलका लागि नेपालले दोस्रो चरणमा २० खेलाडी छनोट गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसी का प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमटा र कप्तान पारस खड्काको छनोट समितिले बुधबार दोस्रो चरणमा २० खेलाडी छनोट गरेको हो ।

दोस्रो चरणको छनोटमा मेहबुब आलम, नरेश बुढायर, अनिल मण्डल र सौरभ खनाल परेका छैनन् । पहिलो चरणको बन्द प्रशिक्षणमा रहेका सुशन भारी, विक्रम शोव र सुनिल धमला पनि टिममा परेनन् । सुशनले यसअघि हङकङविरुद्धको पहिलो खेल खेलेका थिए । मेहबुब र सौरभले इन्जुरीको कारण बन्द प्रशिक्षणबाट नाम फिर्ता लिएका हुन् । अस्वस्थताका कारण हङकङसँगको टोलीमा नरहेका शक्ति गौचन टोलीमा परेका छन् ।

दोस्रो चरणको बन्द प्रशिक्षणका लागि यू–१९ एसिया कप खेलेका तीन खेलाडी परेका छन् । यु–१९ का कप्तान दिपेन्द्र सिंह ऐरी, सन्दिप लामिछाने र अनिल कुमार साह टोलीमा परेका छन् । युएईसँग खेल्ने अन्तिम टोलीको तय भने केही दिनमा आउने छनोट कमिटीले जनाएको छ ।

च्याम्पियनसिप अन्तर्गत सातौं चरणमा नेपालले युएईसँग आगामी डिसेम्बर ६ र ८ मा खेल्दैछ । दुई टोलीबीचको खेल अबुधावीको शिख जायेद रंगशालामा हुनेछ । च्याम्पियनसिपबाट नेपाल र युएई दुवै टोली डिभिजन–२ मा घटुवा भइसकेका छन् । च्याम्पियनसिपको छैटौं स्थानको लागि नेपालले ९ अंक जोडेको छ भने पुछारको युएईले ६ अंक जोडेको छ ।

दोस्रो चरणको छनोटमा परेका खेलाडी

पारस खड्का
ज्ञानेन्द्र मल्ल
शरद भेषावकर
विनोद भण्डारी
वसन्त रेग्मी
शक्ति गौचन
सोमपाल कामी
सागर पुन
करण केसी
दिपेन्द्र सिंह ऐरी
सन्दिप लामिछाने
जितेन्द्र मुखिया
आशिफ शेख
अनिलकुमार साह
दिलिप नाथ
हसिम अन्सारी । स्रोतः १२खरी

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
हङकङसँग आज मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
२०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal