P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

औद्योगिक प्रदर्शनी केन्द्र भरतपुरमा असोज १८ गतेदेखि २७ गतेसम्म दशैं मेला हुने

  • प्रकाशीत मिती

    चितवन, असार ११

 

चितवनमा नेपालीहरुको महाने चाड वडा दशैंको अवसर पारी दशैं मेला २०७५’ हुने भएको छ । चितवन उद्योग संघको आयोजनामा चितवन औद्योगिक प्रदर्शनी केन्द्र भरतपुरमा असोज १८ गतेदेखि २७ गतेसम्म दशैं मेला २०७५’ हुन लागेको हो ।

संघले सोमवार भरतपुरमा पत्रकार सम्मेलन गरी नुनदेखि उनसम्म एकै ठाउ, दशैं महोत्सव २०७५ घुम्न भरतपुर जाउ’ भन्ने नारा दिईएको महोत्सवमा सबै प्रकारको उपभोग्य वस्तुहरु उपलब्ध हुने जानकारी दिएको हो । संघका अध्यक्ष भेषराज दुवाडीले दशैंका लागि चाहिने सबै प्रकारका वस्तुहरु महोत्सवमा पाईने बताउनुभयो ।

उहाले महोत्सवमा खाद्यान्न, लत्ताकपडा, मरमसाला लगायत माछा, कुखुरा, खसी, भेडा, च्याङग्रा, पर्व विशेषका परिकारहरु प्रदर्शनीमा राखिने जानकारी दिनुभयो ।

अध्यक्ष तथा महोत्सवका संयोजक दुवाडीले स्वदेशमै उत्पादित वस्तुको बजार प्रवद्र्धन एवंम विक्री वितरण, सम्पूर्ण प्रकारका उपभोग्य सामानहरु एउटै छानामुनी सुपथ मूल्यमा उपलब्ध गराई उपभोक्तालाई सेवा प्रदान गर्ने महोत्सवको मूख्य उद्देश्य रहेको बताउनुभयो ।

महोत्सवको आकर्षणमा उपभोग्य वस्तुको प्रत्यक्ष अवलोकन एवंम प्रदर्शनी, सबै प्रकारका उपभोग्य वसतुको खरिद–विक्री, होटल तथा रेष्टुरेण्ट परिसर, परम्परागत मनोरञ्जनका सामाग्रीहरु (लिङगे पिङ, रोटे पिङ), विविध सास्कृतिक कार्यक्रमहरु रहेका छन् ।

महोत्सवमा प्रवेशका लागि विद्यार्थीलाई ३० र आम सर्वसाधरणलाई ५० रुपैयँको टिकट व्यवस्था गरिएको संघले जनाएको छ । महोत्सवमा कुल २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।यसैबीच महोत्सवका लागि स्टल बुकिङ समेत खुल्ला गरिएको छ । स्टल लिन चाहनेले आजैदेखी भदौं मसान्तसम्म सचिवालयमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal