P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

महिला टि–ट्वान्टी विश्वकप क्रिकेटमा नेपालको जित,५० रनले चीन पराजित

काठमाडौं ।
आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा नेपालले जित हात पारेको छ । नेपालले चीनलाई ५० रनले पराजित गरेको हो ।
बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको चीनले १८।२ ओभरमा अलआउट हँुदै ५२ रनमात्रै बनाउन सक्यो । नेपालको कसिलो बलिङमा चीनका कुनै पनि खेलाडी क्रिजमा टिक्न नसक्दा हार ब्यहोरेको हो । प्रतियोगितामा कमजोर मानिएको चीनले सुरुवातीदेखि नै खराब ब्याटिङ गरेको थियो । चीनले १० ओभरको समाप्तिमा ६ विकेट गुमाएर मात्र २५ रन बनाएको थियो ।
चीनका लागि हान लिलिले १५, कोयायुन झौले १० र जाङ याङलिङले ९ रन बनाएपनि अन्य खेलाडीले राम्रो खेल्न सकेनन् । नेपालका लागि जित दिलाउन कप्तान रुविना क्षेत्री र सब्नम राईले समान ३–३ विकेट लिए । त्यस्तै, सीता राना मगरले २ र करुणा भण्डारीले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १०२ रन बनाएको थियो । प्रतियोगिताकै कमजोर टोली चीनविरुद्ध नेपाली ब्याट्वुमनहरुले खराब ब्याटिङ गरेका थिए । नेपालले मात्र २० रन जोड्दा दुई ओपनर सीता राना मगर र ज्योती पाण्डेलाई गुमाएको थियो । सीता ४ रनमा आउट भइन् भने ज्योतीले ९ रन जोडिन । तर, मध्यक्रममा ब्याटिङ गर्न आएकी काजल श्रेष्ठले १६ तथा नेरी थापाले ११ रन बनाएर नेपालको पारी उकासेका थिए ।
यस्तै नेपालकी कप्तान रुबिना क्षेत्रीले अविजित १८ रन जोड्दा करुणा भण्डारी २ रनमा अविजित रहिन् । त्यसबाहेक नेपालकी सरिता मगरले ८, इन्दु बर्मा र रिता कुमारी कनुजियाले समान ६–६ रन जोड्दा रोमा थापा ३ रनमा पेभेलियन फर्किइन् । चीनकी झाङ सियानसीले तीन तथा लि होई, मिंग्यु झू र हान लिलीले समान एक एक विकेट लिए । प्रतियोगितमा नेपालको ५ खेलबाट ६ अंक भएको छ । यससँगै ग्लोबल छनोट हुने नेपालको सम्भावना पनि सकिएको छ ।

 

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
हङकङसँग आज मैत्रीपूर्ण खेल खेल्दै नेपाली फुटबल टोली
रोनाल्डोले क्लब विश्वकप खेल्ने सम्भावना उच्च
२०२७ को महिला विश्वकप फुटबल ब्राजिलका आठवटा सहरमा हुने
विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal