P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित, भक्तपुरमा ३ काे मृत्यु

  • प्रकाशीत मिती

    असार २८, काठमाडाैं

बुधबारदेखि जारी अविरल वर्षाका कारण राजधानीसहित देशैभरको जनजीवन प्रभावित भएको छ। भक्तपुरमा अविरल वर्षापछि घरमाथिको ढिस्को खस्दा एकै परिवारका तीन जनाको ज्यान गएको छ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७, मजुवा टोलका ७० वर्षीय हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया पानमाया लामा र उनीहरूकै नातिनी अढाई वर्षकी सम्पदा लामाको मृत्यु भएको हो।

टहरो घरमा सुतिरहेका घरमाथिको ढिस्को खसेर थिच्दा घटनास्थलमै उनीहरूको मृत्यु भएको भक्तपुरका प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले नेपालखबरलाई जानकारी दिए। बालिकाकी बुवाआमा चाहिँ सोही ठाउँमा रहेको अर्को पक्की घरमा सुतेकाले बचेको उनले बताए।

केही व्यक्ति घाइते भएर अस्पतालमा उपचार गराइहेको प्रहरीले जनाएको छ। उद्धार जारी रहेकाले धनजनको क्षतिबारे थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

वर्षाका कारण वाग्मती र हनुमन्ते खोलामा आएको बाढीका कारणा काठमाडौं र भक्तपुरका केही ठाउँ डुबानमा परेका छन्। हनुमन्ते खोलाको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन्। जगाती र बाराही क्षेत्रका वस्तीमा बाढीको पानी पस्दा स्थानीय बासिन्दाको विजोग भएको छ।

यस्तै मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजना भित्रका पूरै बस्ती डुबानमा परेको छ। राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्मको क्षेत्र पूरै डुबानमा परेको छ।

जमीनबाट चारफिट माथिसम्म पानी जमेको छ। यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन्।

मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन्। चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको छ।

मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेको स्थानीय बासिन्दाले जानकारी दिएका छन्।

मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ। घर बाहिर निस्कन पनि नसक्ने र घरभित्रै बस्न पनि नसक्ने अवस्थामा परेको स्थानीय बासिन्दाले बताएका छन्।

विभिन्न राजमार्ग बन्द
अविरल वर्षापछि खसेका पहिरोका कारण अरनिको, बीपी राजमार्ग, पोखरा-बागलुङ लगायतका सडक भएका छन्।

अरनिको राजमार्गअन्तर्गत काभ्रेको बेनपास्थित पुन्यमाता खोलामा पानीको बहाव बढ्दा बनेपा हुँदै भक्तपुर चल्ने सवारीसाधन बिहीबार बिहानैदेखि रोकिएका छन्।

काभ्रेकै काभ्रे भञ्ज्याङ, मंगलटार, कालढुंगा र माम्टीमा पनि लेदो माटो सहितको पहिरो झरेका कारण बिपी राजमार्ग बिहानैदेखि बन्द भएको छ। पहिरोकै कारण सिस्नेरी ९फाखेल(कुलेखानी) सडकखण्ड पनि ठप्प भएको छ।

भक्तपुरका दुवाकोट, दक्षिणी बेल्ट,राधेराधेबाट निकोसेरा जाने आउने सडक, लिवाली, सल्लाघारी, ब्रम्हयाणी, नगरकोट जाने नयाँबाटो लगायतका क्षेत्र पनि जलमग्न भएका छन्।

लिवाली जलमग्न हुँदा जगातीबाट कमल विनायक जाने सडक बिहीबार बिहान साढे ४ बजेदेखि नै बन्द भएको छ।

पहिरोका कारण मदन भण्डारी राजमार्गअन्तर्गत हेटौंडा-कुलेखानी सडकखण्ड पनि बिहानैदेखि बन्द भएको छ।

सिस्नेरीको सूर्यडाँडामा बिहीबार बिहान पहिरो खसेपछि हेटौंडाबाट काठमाडौं आउँदै गरेका तथा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेका सवारीसाधन सडकमै रोकिएका छन्। यात्रुको बिजोग भएको छ।

पहिरो हटाउन प्राविधिकसहित डोजर त्यसतर्फ पठाइसकिएको र मौसम अनुकूल भएमा मध्याह्न १२ बजेसम्म यातायात सञ्चालनमा ल्याइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताएका छन्।

उता पर्वत खण्डमा पहिरो खसेपछि बुधबार रातिदेखि पोखरा-बागलुङ सडक बन्द भएको छ। पर्वतको मोदी गाउँपालिका–५, बाजुङमा पर्ने भ्याप्ले खोलानजिकै माथिबाट लेदो झरेका कारण सडक बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएको छ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक
भोटेकोसी बाढी – त्रिशूली-३ ‘ए’ मा उद्धारको प्रयास जारी, सुरुङभित्र जमेको लेदो सफा गरिँदै
भोटेकोशी बाढी : चितवनमा पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ को सनाखत
भोटेकोसी बाढीमा ज्यान गुमाउनेको संख्या ५५३ पुग्यो
रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal