P2Uविज्ञापनसम्पर्कहाम्रा बारेमा
Sandesh Dainik Nepal
होमपेज
    • समाचार
    • देश/राजनीति
    • प्रबिधि
    • साहित्य
    • कृषि
    • खेलकुद
    • विचार
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य
    • अन्य
      • हलीउड
      • रोचक
      • कलिउड
      • अन्तर्वार्ता

बेसहाराहरुको साहरा बन्दै फिलर्स नेपाल

बेसहाराहरुको साहरा बन्दै आएको संस्था फिलर्स नेपालले एक सयभन्दा बढी शारिरिक रुपमा अपांगहरुलाई न्यानो कपडा प्रदान गरेको छ ।

जोरपाटीमा अवस्थित खगेन्द्र नवजीवन केन्द्रमा रहेको नेपाल अपांग संघमा रहेका एक सयभन्दा बढी अपांगहरुलाई न्यानो वितवरण गरेको सो संस्थाका अध्यक्ष टासि शेर्पाले बताए ।
उनीहरुलाई एक सय थान ज्याकेट र एक सय थान स्वीटर संस्थाले एक कार्यक्रमका बीच उनीहरुलाई वितवरण गरेको हो ।
संस्थाका अध्यक्ष शेर्पाका अनुसार अझैं एक हजार थान न्यानो कपडा वितवरण गर्ने योजना संस्थाको रहेको छ ।
फरक ढंगबाट सामाजिक कर्ममा होमिदै आएको यो संस्थाले गत भदौमा तराई वाढीमा डुबानमा परेको समयमा वौद्धमा एउटा क्याम्प आयोजना गरेको थियो ।


सोही क्याम्प आयोजना गरी राहतका सामाग्री संकलन गरेको थियो । वाढी पीडितहरु राहत सामाग्री नपाएर छटपटिरहेको अवस्थामा फिलर्स नेपालले प्रिपावासी वाढी पीडितहरुको बस्तिमा पुगेर हात हातैमा राहत सामाग्री वितवरण गरेर फर्किएको थियो ।
प्राय जसो एनजिओ आइएनजिओहरु राहत सामाग्री लगेर प्रमुख जिल्ला अधिकारीको हातमा छोड्दै राजधानी फर्कने क्रम बढिरहदा ती भन्दा फरक ढंगले फिलर्स नेपालले पीडितहरुकै हातमा राहत सामाग्री वितवरण गरेको थियो ।
महोत्तरीको प्रिपामा रहेका झण्डै २ सय वढी वाढी पीडितहरुलाई फिलर्स नेपालले झण्डै तीन लाख भन्दा बढीको राहत सामाग्री वितरण गरेको थियो ।
सो समयमा संस्थाले त्यहाँका वाढी पीडितहरुलाई म्याटिक्स,व्लांङ्केट,झुल,लामखुट्टे धपाउने धुप का साथैं लता कपडाहरु समेत वितरण गरिसकेको छ ।
उक्त संस्थाका संस्थापक याङकी शेर्पाका अनुसार प्रिपाका वाढी पीडितहरुमध्य ५८० पुरुष तथा ५८० महिलाका साथैं बालवालिकाका लागि सानो मझौला र ठूलो लगाउने कपडाहरु समेत संस्थाले वितवरण गरेको थियो ।
सो समयमा उक्त संस्थाले वाढी पीडितहरुको बस्तीमा सेनेटरी प्याड,मेडिकल किड्समा जीवनजल,प्यारासिटामोल,व्यान्डेज,पियुष,वेड सिट लगायतका राहत सामाग्री समेत वितवरण गरेको थियो ।
वौद्धमा क्याम्प आयोजना गर्दा उठेका न्यानो कपडाहरु संस्थासँग एक हजारभन्दा बढी थान कपडा अझैं संस्थासँग सुरक्षित रहेको छ । सोही कपडाहरुलाई संस्थाले आगामी दिनमा वितवरण गर्ने योजना बनाएको संस्थाका अध्यक्ष शेर्पाले जनाए ।
करिव नौ महिना अगाडि मात्र स्थापना भएको फिलर्स नेपालले यस अगाडि हिमाली दुर्गम जिल्ला सोलुखुम्बुको खिरौले,चेपे,जुके,चिनाक्पु,दूधकुण्ड र सल्यान प्रावि स्कुलहरुमा पुस्तकालय निर्माण गरी झण्डै चार लाख भन्दा माथिको पुस्तक वितवरण गरिसकेको छ ।
विशेष गरी शिक्षाको क्षेत्रमा काम गर्दै आएको फिलर्स नेपालले हप्ता दिन पछाडि नै वातावरणीय सुरक्षा सम्बन्धी कार्यक्रम समेत आयोजना गर्दैछ ।

शेयर गर्नुहोस् >>

प्रतिकृया दिनुहोस
संबन्धित समाचार
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
भोटेकोसी बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
त्रिशूली ३ ‘ए’को टनेलमा उद्धार अझै जारी
विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन
नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

लोकप्रिय

ताजा अपडेट

  • संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • नेपाली कांग्रेस देउवा पक्षको वडा अधिवेशन आजबाट
  • वर्षाले खेल रद्द हुँदा नेपाल क्वार्टरफाइनलमा
  • पहिरोका कारण पृथ्वी र बीपी राजमार्ग पूर्ण बन्द
  • पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक

सन्देश दैनिक प्रा. लि.



अध्यक्ष/प्रधान सम्पादक

जानुका रेग्मी

सम्पादक

सन्जु शर्मा

फोटोपत्रकार

सम्झना लामिछाने



संबाददाता


सबिता रेग्मी

मेलिना श्रेष्ठ

भाग्येश्वरी गायक

प्रतिमा नौपाने

बिनु लुइटेल

E-Mail: sandeshdainik @ gmail.com

Website: www. sandeshdainik. com

Phone: 01-4240103

REG: 755/074-75
© 2017 Sandesh Dainik Nepal | All rights reserved
Powered By i-Tech Nepal